३ अर्व लगानीमा बिराटनगरमा दुगडले अत्यधुनिक होटल खोल्ने

काठमाडौं । रेडिएसन होटल ग्रुपले मोरङको बिराटनगरमा सेन्चुरी मल एण्ड होटल खोल्ने भएको छ ।
व्यावसायी मोतीलाल दुग्गडले करिव ३ अर्व लागतमा सेन्चुरी मल एण्ड होटल खोल्न लागेको बताएका छन् । सोमबार एक पत्रकार सम्मेलन गर्दै दुगडले अत्यधुनिक सुविधासम्पन्न होटल खोल्न लागेको जानकारी दिए ।
सपिङ सेन्टर, बैंक्यूट, मुभीहल, क्यासीनोसहितको सेवा होटमा हुनेछन् । चाँडैनै निर्माण सुरु हुने यस होटल १८ महिनामै संचालनमा आउनेछ ।
भुटान, बंगलादेश, चिन र भारतकोलगायतका देशहरुबाट आउने पर्यटकहरुको सेवाको निम्ती होटल खुल्न लागेको दुगडले बताए । नेपालको अर्थतन्त्र धरापमा भएको बेलमा यो चुनौती भएको मोतिलाल दुग्गड बताउँछन् ।
उक्त कार्यक्रममा उप्पल मजुमदार, जुबेन सक्सेना, मोतीरान दुगडले मन्तब्य दिएका थिए ।