निर्माण सम्पन्न नहुँदै अत्तरियाको ६ लेन सडक चिराचिरा « Arthapath.com
२६ भाद्र २०७९, आईतवार

निर्माण सम्पन्न नहुँदै अत्तरियाको ६ लेन सडक चिराचिरा



काठमाडौं । मोहना पुल अत्तरिया ६ लेन सडक निर्माण कार्य सम्पन्न नहुँदै फुट्न थालेको छ । त्रिनगर भन्सारदेखि नै ठाउँठाउँमा सडक फुटेको छ । साढे दुई अर्बको लगानीमा २०७१ मा निर्माण थालिएको सडकको काम पाँच पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन ।


तीन खण्डमा ठेक्का लगाएको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेपछि निर्माण कम्पनिको लापरबाहीको आरोप स्थानीयको आरोप छ । मालबाहक सवारी साधानको भारवहन निर्देशिका २०७४ अनुसार अघिल्लो तर्फ चालक र सहचालकसहित ३ जना यात्रु र पछाडि एक्सलको संख्या अनुसार १२ टनदेखि माथि सामान ओसार्न पाइने व्यवस्था छ । जसअनुसार चार पांग्रे सवारीले १२ टन, ६ पांग्रे सवारीले १६ दशमलव २ टन, १० पांग्रेले २५ टन, १२ पांग्रे सवारीले ३१ टन, १४ पांग्रे सवारीले ३५ टन र १८ पांग्रे सवारीले ४० दशमलव २ टन सामग्री बोक्न पाइने व्यवस्था रहेको छ ।

तर, त्यसको नियमन नहुँदा सवारीले तोकेकोभन्दा बढी तौल बोक्ने गरेका ६ लेन सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर भुवन भट्ट बताउँछन् । सवारीले क्षमताभन्दा बढी सामान बोक्दा सडकमा सवारीको असन्तुलित चाप बढ्ने र त्यसले सडकनै भासिने गरेको इन्जिनियर भट्टले बताए ।

मालवबाहक सवारीसाधानको भारवाहन नियमावली निर्देशिका २०७४ मा भने मालवाहक सवारीले क्षमताभन्दा बढी सामान ओसारोको पाइएमा त्यस्तो सामाग्री तत्काल हटाउन लगाई जरिवाना गरिनेछ । तर, भार छुट्याउन नसकिने, नमिल्ने सामानको ढुवानी गर्नुपर्ने भएमा भने यातायाता व्यवस्था कार्यालयको पूर्व स्वीकृति दिनुपर्ने हुन्छ । त्यसरी पूर्वस्वीकृति लिँदा अतिरिक्त शुल्क पनि तिर्नुपर्ने हुन्छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्