‘नाडा इभि एक्स्पो २०२२’मा बीवाईडीको अल न्यु इ ६ मा आकर्षण, यस्तो छ मूल्य र फिचर्स ! « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

‘नाडा इभि एक्स्पो २०२२’मा बीवाईडीको अल न्यु इ ६ मा आकर्षण, यस्तो छ मूल्य र फिचर्स !



काठमाडौं । नेपालमा पहिलो पटक विद्युतीय सवारीको भव्य प्रदशनी सुरु भएको छ । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्न लागेको हो ।

‘नाडा इभि एक्स्पो २०२२’ मा बीवाईडी कार पनि प्रदर्शनीमा राखिएको छ । यो गाडिमा आगन्तुकको भिडभाड पनि देखिएको छ । बीवाईडीको अल न्यु इ६ प्रदशनी रहेको छ । यो नेपाली बजारमा पाइने विभिन्न विद्युतीय सवारीको ब्रान्डमध्ये एक हो । यो ड्रागन फेस डिजाइनमा निर्माण गरिएको छ । यो कारमा ब्लेड ब्याट्री उपलब्ध छ । ३२० किलोमिटरसम्मको स्ट्यान्डर्ड रेन्ज दिने यस कारले १६० किलोमिटर प्रति घण्टाको उच्च गतिमा गुड्न सक्ने कम्पनीले जनाएको छ ।

नयाँ डिजाइन, नयाँ इन्टेरियर, नयाँ इन्फोटेनेमन्ट सिस्टम, नयाँ ब्लेड ब्याट्री र प्रशस्तै बुट स्पेस यो कारका प्रमुख विशेषता हुन् । बीवाईडी ई६ मा १०.१ इन्चको मल्टिमिडिया कारप्याड, एसी तथा डीसी फास्ट चार्जिङ, १७५ एमएम ग्राउन्ड क्लियरेन्स र ५८० एमएल स्पेसियस ट्रंक रहेको छ । नेपालमा बिवाईडीको मूल्य ५९ लाख रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्