अझै खुलेनन् दशैं लगत्तै वर्षातले अवरुद्ध बनेका १५ सडकखण्ड « Arthapath.com
३० आश्विन २०७९, आईतवार

अझै खुलेनन् दशैं लगत्तै वर्षातले अवरुद्ध बनेका १५ सडकखण्ड



काठमाडौं । दशैंको भोलिपल्टदेखि नै वर्षातका कारण आएको बाढी पहिरोबाट अवरुद्ध भएका एक दर्जन बढी सडक खण्ड अझै खुल्न सकेका छैनन्।

गत असोज १८ गतेदेखि निन्तर परेको वर्षातले अवरुद्ध बनेकामध्ये ५ वटा सडक खण्ड अझै संचालनमा आउन नसकेका हुन् ।
सडक विभागका अनुसार बाढी पहिरोका कारण राष्ट्रिय राजमार्गका ४४ सडक खण्ड अवरुद्ध भएको थियो ।

वर्षातका कारण जुम्ला, कालिकोट, बाजुरा लगायतका जिल्लाका सडक खण्ड अवरुद्ध भएका हुन् । विभागका अनुसार जुम्लाका चार वटा सडक खण्ड अवरुद्ध भएका हुन् ।

जसमध्ये सुर्खेत–दैलेख–महावुलेख–गाल्जे, नाग्मा–गमगढी–नाक्चेलाग्ना, सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक, सुर्खेत–दैलेख–महावुलेख–गाल्जे, नाग्मा–गमगढी–नाक्चेलाग्ना र सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक रहेका छन् ।

यस्तै, कालिकोटका सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक, जमुनाहा–नेपालगंज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) अवरुद्ध भएको हो ।

यता, बझाङको खोड्पे–चैनपुर, कर्णाली राजमार्ग अन्तर्गतका दैलेखको जमुनाहा–नेपालगंज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा खण्ड, राप्ती राजमार्ग अन्तर्गतका अमेलिया–तुल्सिपुर–शितलपाटी–थारमारे–मुसीकोट सडक खण्ड, धनगढी–सहजपुर–वुडर–स्याउले, सतबाँझ–थाकतोली–दार्चुला–टिङ्कर सडक खण्डा अझै खुल्न नसेकेको विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्