प्राधिकरणले तीन जना पाइलटलाई कारबाही गर्न निर्देशन « Arthapath.com
९ माघ २०७९, सोमबार

प्राधिकरणले तीन जना पाइलटलाई कारबाही गर्न निर्देशन



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।

नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो । निगमका पाइलटले नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा एटीसीले दिएको इन्स्ट्रक्सन पाइलटहरुले नमानी जहाज अवतरण गरेकाले उक्त ३ पाइलटलाई निलम्बन गर्न भनेको हो ।


प्रतिक्रिया दिनुहोस्