एलपीजी ग्यासको मूल्य प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुग्यो « Arthapath.com
१७ फाल्गुन २०७९, बुधबार

एलपीजी ग्यासको मूल्य प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुग्यो



काठमाडौं। इण्डियन आयल कर्पोरेशन (आईओसी) ले खाना पकाउने एलपीजी ग्यासको मूल्य ३३९ रुपैयाँले बढेर आएको छ । आईओसीले नेपाल आयल निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ । यही व्यवस्था अन्तर्गत आज १ तारिकको दिन नयाँ मूल्यसूची आएको हो ।

यससँगै, एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ । निगमले प्रतिसिलिन्डर १८ सय रुपैयाँमा एलपीजी ग्यास बिक्री गर्दै आइरहेको थियो । यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

यद्यपि, भारतबाट बढेर आए पनि नेपाल आयल निगमले भने अहिले सम्म कुनै पनि आधिकारीक सूचना प्रकाशन गरेको छैन् ।


प्रतिक्रिया दिनुहोस्