९ पटक म्याद थप्दा पनि सकिएनन् सडक पूर्वाधारः १९८ ठेक्काको ७ खर्ब बढी भुक्तानी, काम भने अधुरै « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

९ पटक म्याद थप्दा पनि सकिएनन् सडक पूर्वाधारः १९८ ठेक्काको ७ खर्ब बढी भुक्तानी, काम भने अधुरै



काठमाडौं । अधुरा ठेक्का वर्षेनी बढीरहेको छ । ९ पटकसम्म म्याद थप गर्दा पनि सडक पूर्वाधारका ठेक्का पुरा हुन् सकिरहेका छैनन् ।महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवदेनको तथ्याङ्कले यस्तो देखाएको हो ।

सडक विभाग अन्तर्गतका २४ डिभिजन तथा योजना कार्यालयले १९८ ठेक्काको काम अधुरै छाडेका हुन् । कार्यालयले २८ अर्ब ८२ करोड ६५ लाख रुपैयाँको खरिद सम्झौता गरेका १९८ ठेक्कामा ७ अर्ब ३८ करोड ११ लाख भुक्तानी समेत भईसको छ । तर, काम भने अधुरै रहेको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ र ६३ मा सम्झौता बमोजिम काम नगरी बीचैमा छोडेमा वा कामको प्रगति नगरेमा पेश्की जमानी प्राप्त गर्ने, पूर्वनिर्धारित क्षतिपूर्ति लगाउने, ठेक्का तोड्ने, कालोसूचीमा राख्ने लगायतका व्यवस्था रहेको छ । तर, कानून बमोजिम ती कारवाहीहरू नगरिएको प्रतिवेदनमा उल्लेख छ ।

ती ठेक्काहरूको २ अर्ब ७५ करोड १२ लाख ९२ हजार पेस्की जमानत प्राप्ति तथा ७१ करोड ३८ लाख ११ हजार पूर्वनिर्धारित क्षतिपूर्ति लगाई खरिद सम्झौताअनुसार कारबाही गरी निर्माण कार्य सम्पन्न गर्न महालेखाले निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्