दुई करोड ७२ लाख लागतमा ‘चार्जिङ स्टेशन’ निर्माण « Arthapath.com
२१ मंसिर २०८१, शुक्रबार

दुई करोड ७२ लाख लागतमा ‘चार्जिङ स्टेशन’ निर्माण



काठमाडौं । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ । मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा दुई करोड ७२ लाख रुपैयाँ लागतमा चार्जिङ स्टेशन निर्माण भएको हो ।

स्टेशनमा एकपटकमा चारवटा चारपाङ्ग्रे, तीन पाङ्ग्रे ११ वटा गरी १५ वटा सवारी साधन चार्ज गर्न सकिने छ । स्टेशनमा प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान, शौचालयलगायत पूर्वाधारको व्यवस्था पनि गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्