ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, जेठ मसान्तभित्र सञ्चालन हुने « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, जेठ मसान्तभित्र सञ्चालन हुने



काठमाडौं । काठमाडौको ग्वार्कोमा निर्माणाधिन फ्लाईओभर जेठ मसान्तसम्ममा पूरा हुने भएको छ ।

उक्त फ्लाईओभार जेठ महिनाभरिमा पूरा गरि लगत्तै फ्लाईओभरबाट सवारी साधन सञ्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताए ।

आईतबार विहान फ्लाईओभर निर्माण कार्यको स्थलगत निरीक्षणका क्रममा उनले यस्तो जानकारी गराएका हुन् । निर्माणका बाँकि कामहरु चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिए ।

‘अब पनि ढिलाई गर्ने छुट छैन’ मन्त्री दाहालले भने, ‘परिस्थिति बाहिरको प्राकृतिक विपत्ती नआएमा जेठको अन्त्य सम्ममा गाडी चल्नुपर्छ । यो एउटा प्रतिक्षाको आयोजना पनि हो ।’

फ्लाई ओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकाष्ट ग्रिडर पुल सहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भएको हो । फ्लाई ओभरमा ट्राफिक लाईट जडानको कार्य पनि हुने छ । अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केहि प्राविधिक समस्या देखिएका समस्या भएको र त्यो समस्या समाधान गरि सकेको बताए ।

यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाई ओभर महत्वपूर्ण ठानिएकाले यसलाई प्राथमिकताका साथ पूरा गराउन लागि परेको बताए ।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको छ । हाल आवश्यक भागमा कालोपत्रेको काम भईरहेको छ ।

आशिष समानान्तर रेलिगेर जेभी काठमाडौले फ्लाई ओभर निर्माणको काम गरिरहेको छ । १७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण शुरु भएको फ्लाई ओभर शुरु ठेक्का सम्झौता बमोजिम २०८० फागुन ११ मा सम्पन्न हुनुपर्ने थियो । तर, निर्धारित समयमा पूरा नभएपछि म्याद थप भई त्यसको निर्माण कार्यअघि बढेको हो ।


प्रतिक्रिया दिनुहोस्