राष्ट्रिय गौरवको सुनकोशी–मरिण ड्राइभर्सन आयोजनाको अवस्था (तस्वीरहरू)

काठमाडौं । जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले राष्ट्रिय गौरवको सुनकोशी–मरिण ड्राइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ, हेडवक्स र पावरहाउसको स्थलगत निरीक्षण गरेका छन् ।
१३.२ किलोमिटर लामो सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको जनाउँदै मन्त्री खड्काले अब हेडवक्स र पावरहाउस निर्माण कार्यलाई लक्ष्यअनुसार अघि बढाउन निर्देशन दिए ।
१४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाबाट १ लाख २२ हजार हेक्टर मधेश प्रदेशको जमिनमा सिँचाइ सुविधा पुग्नेछ भने ३२ मेगावाट विद्युत उत्पादन हुनेछ । यस्तै, कुल पानीको १० प्रतिशत खानेपानीका लागि प्रयोग गरिनेछ ।

निरीक्षणका क्रममा मन्त्री खड्काले आयोजना समयमै सम्पन्न गर्नका लागि ठेकेदार, कन्सल्ट्यान्ट, कर्मचारी तथा सरोकारवाला सबै पक्ष गम्भीरतापूर्वक जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए । उनले सरकारको तर्फबाट कुनै कमी नहुने र आवश्यक सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरे ।




