भोलिदेखि नागढुंगा–नौबिसे सडकखण्ड पाँच दिनसम्म बन्द हुने « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

भोलिदेखि नागढुंगा–नौबिसे सडकखण्ड पाँच दिनसम्म बन्द हुने



काठमाडौं । नागढुङ्गा–नौबिसे सडक भोलि अर्थात् जेठ २६ गतेदेखि पाँच दिनसम्म बन्द हुने भएको छ ।

सो सडक खण्ड आगामी शुक्रबारसम्म बिहान १०ः३० बजेदेखि ३ बजेसम्म दैनिक साढे चार घण्टा सडक बन्द रहने भएको छ । सडक मर्मत र सुधार कार्यका लागि बन्द गर्न लागि लागिएको हो ।

साना र मझौला सवारी साधनका लागि वैकल्पिक मार्गका रूपमा सीतापाइला–रामकोट–धार्के र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्