निर्माण व्यवसाय र प्राचीन स्मारकका लागि नयाँ कानुनी ढाँचा बन्ने

काठमाडौं । सरकारले दुई विधेयक तर्जुमा लागि सिद्धान्त स्वीकृत दिएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निर्माण व्यवसायसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गरेको हो ।
यस्तै, प्राचीन स्मारक संरक्षणसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत पनि गरेको छ।