लम्कीचुहा अस्पतालको स्तरोन्नति हुँदै, प्रदेश सरकारले सञ्चालन गर्ने

काठमाडौं । लम्कीचुहा अस्पतालको स्तरोन्नती हुने भएको छ । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको अस्पताल अब ५० शय्यामा स्तरोन्नति गरिने भएको हो ।
गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । हाल यो अस्पताल १५ शय्यामा संचालित छ । बैठकले लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।