पहिरोले कालिगण्डकी करिडोर ठप्प « Arthapath.com
६ असार २०८२, शुक्रबार

पहिरोले कालिगण्डकी करिडोर ठप्प



बागलुङ । बागलुङ–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर बन्द भएको छ। बिहीबार रातिदेखिको झरीपछि आएको पहिरोले सडक बगाएपछि बागलुङ बजारदेखि दक्षिणतर्फको आवागमन ठप्प भएको हो।

चार वर्षदेखि प्रत्येक वर्ष पहिरो झर्ने दव्ल्याङमा यो पटक पनि समस्या दोहोरिएको छ। लामो दूरीका सवारीहरू बाटोमै रोकिएका छन्।

कालोपत्रे भइरहेकै सडकमा पहिरोले ठाउँ–ठाउँमा क्षति पु¥याएको छ। ठेकेदार कम्पनीले मर्मत सुरु गरे पनि बाटो खुल्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्