थप ११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्नुअघि स्पष्टिकरण माग गरेको छ ।
कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसका आधारमा सो कदम चालेको जनाएको हो ।
समयमै जिम्मेवारी पूरा नगरेको भन्दै ती कम्पनीहरूसँग सात दिनभित्र लिखित रूपमा जवाफ पेश गर्न अनुरोध गरिएको छ ।
तोकिएको अवधिभित्र सन्तोषजनक स्पष्टिकरण नआएमा ती कम्पनीहरूलाई कालो सूचीमा राखिने कार्यालयले जनाएको छ ।
कार्यालयले कानुनी प्रक्रिया अनुसार ३० दिनको म्यादभित्र स्पष्टिकरण बुझाउन समिय दिएको छ ।
