ननलाईफलाई मर्जरको बाटो खुल्यो « Arthapath.com
१६ श्रावण २०७६, बिहीबार

ननलाईफलाई मर्जरको बाटो खुल्यो



काठमाडौं । बिमा कम्पनीलाई मर्जर तथा एक्वाएर गर्न नयाँ निर्दे्शिका आएको छ । बिमा समितिले बिमा कम्पनीहरुलाई मर्ज तथा एक्वायर गर्न आइतबार नयाँ निर्देशका जारी गरेको हो ।

समितिले जीवन बिमा कम्पनी जीवनसँग तथा निर्जीवन बिमा कम्पनी निर्जीवनसँग मर्जर तथा एक्वाएर गर्न सो निर्दे्शिका ल्याएको जानकारी दिएको छ ।

समितिले यसअघि बिमा कम्पनीको पुँजी वृद्धि गर्ने योजना अघि सारेको थियो । समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ तोकेको छ ।

नयाँ कम्पनीले आईपीओ जारी गरेपछि तोकेको चुक्ता पुँजी पु¥याउने भएका छन् भने अधिकांश पुराना बिमा कम्पनीले समितिले तोकको चँुक्ता पुँजी पु¥याउन सकेका छैनन् ।

बैंक तथा वित्तीय संस्थालाई मर्ज तथा एक्वायर गरेर बलियो बनाएजस्तै बिमा कम्पनीलाई पनि पुँजीगत रूपमा बलियो बनाउन समितिले सो निर्दे्शिका ल्याएको हो । निर्दे्शिकाअनुसार बिमा कम्पनी मर्जरमा जान बैंक तथा वित्तीय संस्थामाजस्तै सम्झौता गरेपछि सैद्धान्तिक स्वीकृतिका लागि समितिमा निवेदनदिनुपर्नेछ । समितिले स्वीकृति दिएपछि मर्ज तथा एक्वायरको प्रक्रिया अघि बढ्छ ।

त्यस्तै, समितिले निर्दे्शिकामार्फत फोर्स मर्जरको पनि व्यवस्था गरेको छ । समग्र बिमा व्यवसायको प्रवद्र्धन गर्न दुई वा सोभन्दा बढी बिमक गाभ्न आवश्यक भएको ठहर गरेमा कारण खोली बिमकलाई गाभ्न वा गाभिन नसक्ने वा नपर्ने कारण खुलाई जवाफ पठाउन निर्देशन दिन सक्ने निर्दे्शिकामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थालाई मर्ज तथा एक्वायर गरेर बलियो बनाएजस्तै बिमा कम्पनीलाई पनि पु“जीगत रूपमा बलियो बनाउन समितिले सो निर्दे्शिका ल्याएको हो

समितिले मर्जरमा जाने संस्थालाई तोकिएको समयमा चुँक्ता पुँजी नपुगेमा छुट दिने र प्रमुख कार्यकारी अधिकृतलाई कुलिङ पिरियड नलाग्ने छुट पनि दिएको छ । त्यस्तै, बिमकलाई गाभेको कारणबाट गाभ्ने बिमकको सेयर संरचनामा कुनै एक व्यक्ति, समूह वा संस्थाको नाममा चँुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व कायम हुन गएमा त्यस्तो सेयर स्वामित्वलाई १५ प्रतिशतको सीमाभित्र ल्याउन दुई वर्षसम्मको अवधि प्रदान गरिने सो निर्दे्शिकामा भनिएको छ ।

त्यस्तै, बिमक गाभिएकै कारण गाभ्ने बिमकको सञ्चालक समितिमा समानुपातिक प्रतिनिधित्व रहन नसक्ने अवस्था भएमा समितिको स्वीकृति लिएर बढीमा दुई व्यक्तिलाई सञ्चालकसरह सुविधा पाउने गरी दुई वर्षसम्म सल्लाहकार नियुक्त गर्न सक्ने उल्लेख छ ।

त्यस्तै, दुई वा दुईभन्दा बढी बिमक एक आपसमा गाभिए वा प्राप्ति भएपश्चात् नयाँ बिमकका रूपमा स्थापना हुने अवस्थामा गाभ्ने, गाभिने तथा प्राप्ति हुने बिमकमा कार्यरत प्रमुख कार्यकारी नयाँ बिमकमा प्रमुख कार्यकारी हुँदा निजका लागि पहिलो कार्यकाल गणना हुने सो निर्दे्शिकामा उल्लेख छ ।

बिमकहरू गाभ्ने, गाभिने तथा प्राप्ति हुँदा समितिले जारी गरेको लगानी निर्दे्शिका, २०७५ को सीमा फरक पर्न गएमा एक वर्ष्भित्र लगानीको सीमाभित्र ल्याउनुपर्ने उल्लेख छ ।

अहिले १९ वटा जीवन बिमा कम्पनी सञ्चालनमा रहेका छन् भने २० वटा निर्जीवन बिमा कम्पनी रहेका छन् । समितिले दुई वर्षअघि १३ वटा नयाँ बिमा कम्पनीलाई लाइसेन्स दिएको थियो । जसमा १० वटा जीवन बिमा कम्पनी तथा तीनवटा निर्जीवन बिमा कम्पनी थिए ।

Tags :

प्रतिक्रिया दिनुहोस्