अझै ६ बीमा कम्पनी सिईओ बिहिन « Arthapath.com
८ भाद्र २०७६, आईतवार

अझै ६ बीमा कम्पनी सिईओ बिहिन



सानिमा लाईफमा चिरायू भण्डारी सिफरिस


काठमाडौ । अझै आधा दर्जन बिमा कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृत खाली छन । विगत २ वर्षदेखी सिईओ खाली रहेको सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले नेपाल रि इन्स्योरेन्सबाट भर्खरै अवकास पाएका चिरायु भण्डारीलाई नियुक्तीको लागी सिफरिस गरेको छ ।
भण्डारी साउन १ गतेदेखी नेपाल रि इन्स्योरेन्स कम्पनीमा ४ वर्षे कार्यकाल पुरा गरी बाहिरिएका थिए ।
आकस्मिक बिमा कोष पछि रुपान्तरीत हु“दै नेपाल रि इन्स्योरेन्स २०७२ साउन १ गतेबाट सुरु भएको हो । भण्डारीलेनै नेपाल रिलाई देखिने गरी काम गरेर नेपालका इन्स्योरेन्स कम्पनीबाट अनिवार्य २० प्रतिसत बिमा नेपाल रिबाटै गराउने व्यवस्था गरेका थिए ।
जीवन बीमा कम्पनीमध्ये ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा प्रकाश विक्रम खत्रीले नेतृत्व सम्हाल्दै आएका छन् । खत्री कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत हुन् । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा पनि प्रमुख कार्यकारी अधिकृत छैनन् । कम्पनीले अझै प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकेको छैन् । कम्पनीको महाप्रबन्धकमा शिवराम तिमिल्सना छन् भने केवश राज केसीले नायव महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

नेपालमा सञ्चालित ४० वटा बीमा कम्पनीमध्ये अझै आधा दर्जन बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त छ । दुई वटा जीवन बीमा कम्पनी र तीन वटा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीमा यतिबेला प्रमुख कार्यकारी अधिकृत विहिन छन् । त्यस्तै सरकारी राष्ट्रिय बिमा कम्पनमिा पनि अर्थ मन्त्रालयबाट काजमा आएका डा डिल्लीराज अर्यालले कम्पनी चलाइरहेका छन ।
सिईओ बिहिन जीवन बीमा कम्पनीहरुमा ज्योति लाइफ र सानिमा लाइफ इन्स्योरेन्स पर्दछन् । ज्योतिमा सिईओका लागी सिफारिस गरिएका प्रकाशविक्रम खत्रिको योग्यता नपुगेको भन्दै बिमा समितिले अस्वीकृत गरेको थियो । विशाल ग्रुपको मुख्य लगानी रहेको ज्योति लाईफले छिट्टै सिईओको विज्ञापन निकाल्ने तयारीमा रहेको अध्यक्ष नन्दकिशोर शर्माले बताए ।
त्यस्तै, सिईओ बिहिन निर्जीवन बीमा कम्पनीहरुमा भने सानिमा जनरल इन्स्योरेन्स कम्पनी खुलेपछ अहिलेसम्म सिईओ खाली छ । गैर आवशिय नेपालीहरुद्वरा प्रर्वधित सानिमा ले अहिलेसम्म सिईओ नियुक्ती नगरी बसेको छ । त्यस्तै चौधरी ग्रुपको मुख्य लगानी रहकेको युनाइटेड इन्स्योरेन्स कम्पनीमा पनि शेखर बरालले छोडेको लामो समयसम्म पनि सिईओ नियुत्ती हुन सकेको छैन । युनाइटेडमा नेकोबाट गएका रमेशकुमार भट्टराईले कामु सिईओको रुपमा कम्पनी चलाइरहेका छन । त्यस्तै जनरल इन्स्योरेन्स कम्पनीमा पनि सिइृओ खाली छ । बिमा क्षेत्रमा अनुभवी एसके तमोटलाई जिएम बनाए पनि कम्पनीले सिईओ नियक्ती गर्न सकेको छैन ।
त्यस्तै, सानिमा जनरल, जनरल इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृत बिहिन निर्जीवन बीमा कम्पनी हुन् । यी तीन निर्जीवन बीमा कम्पनीले पनि अझै प्रमुख कार्यकारी नियुक्त गर्न सकेका छैनन् ।
सानिमा जनरल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त नै छ । सानिमा जनरलको नायव महाप्रबन्धकको जिम्मेवार सुबोध लाल श्रेष्ठले सम्हाल्दै आएका छन् । उता, नेपाल पुनर्बीमा कम्पनीमा पनि यतिबेला प्रमुख कार्यकारी अधिकृत पद रिक्त छ । चिरायु भण्डारीले साउन १ देखि अवकास पाएपछि सिईओ पद रिक्त भएको हो । जसमा दामोदर भण्डारीनिमित्त प्रमुखको रुपमा काम गरिरहेका छन । उनी बीमा समितिबाट इन्सुरेन्स पुलमा काम गर्दागर्दै पुनर्बिमा कम्पनी खुलेपछी त्यसमै समेटिएका पुराना कर्मचारी हुन ।


प्रतिक्रिया दिनुहोस्