लाइफ इन्स्योरेन्स कम्पनीहरु मर्जमा नगई सुखै छैन « Arthapath.com
१४ आश्विन २०७६, मंगलवार

लाइफ इन्स्योरेन्स कम्पनीहरु मर्जमा नगई सुखै छैन



मनोजकुमार लाल कर्ण, सिईओ, युनियन लाईफ इन्स्योरेन्स लि

नेपालको बिमा बजारमा धेरै एग्रसिभ लागेको छ युनियन लाइफ । त्यसैका सिईओ छन मनोजकुमार लाल कर्ण । बिमा बजारमा २५ वर्ष बिताएका कर्णले आधादर्जन लाईफ र ननलाईफ इन्स्योरेन्समा बिताएका छन । युनियन लाइएफ खोल्नु अगावै सिईओमा ज्वाइन गरेका कर्ण यही साउनमा २ वर्ष बिताइसकेका छन । उनले खुलेको २ वर्षमै युनियनको १ सय ७० साखा विस्तार गरिसकेका छन । गत आव २०७५/०७६ मा २ सय ८१ करोडको बिमा प्रिमियम कलेक्सन गरिसकेका छन । कर्ण अहिले सबैभन्दा बढी एग्रपिभ लागेका छन । २०७४ अषोज २२ गते खुलेको युनियन लाइफ दोस्रो वर्षमा पुग्दै छ । गत आवमा साँढे १० करोड नाफा कमाएको युनियनले आइपिओ प्रश्चात लाभांस दिन सक्ने अवस्थामा छ । विगतमा नेशनल लाइफ, युनाइटेड, एलआईसि नेपाल, तत्कालिन एलाएन्स हालको प्रभु इन्स्योरेन्स बाट सुर्या लाईफ हुँदै कर्ण युनियन लाइफ ज्वाइन गरेका हुन । उनै कर्णसँग गरेको कुराकानीको सारअंस ः–

आजभोली के काममा व्यस्त हुनुहुन्छ ?
म त खाली व्यापारमै व्यस्त छु । आजै मात्र पनि भ्यलीभित्रको सबै साखा प्रवन्धकहरुलाई बोलाएर ट्रेनिङ दिँदै छु । बजारमा कसरी एग्रसिभ जाने कसरी टार्गेड मिड गर्ने भन्ने विषयमा बेला बेलामा टे«निङ दिँदै आएको छु । कसरी राम्रो सर्भिस दिएर कम्पनीको छवी राम्रो बनाउने भन्ने भन्नेमै तल्लिन छु ।


किन यती धेरै एग्रसिभ हुनुहुन्छ नि ?
एक्काइसौं सताव्दीमा पनि १८ औं सताव्दीको जस्तो हुन्छ त । पुरै बजार खाली छ त लाग्नु प¥यो नि । जनतालाई बिमा सुरक्षा दिनुपर्छ भनेर हरेक बिमा कम्पनी एग्रसिभली लागेको छन ।


किन नयाँ कम्पनीहरुको विजनेश एकदमै स्लो छ त ?
सबैले राम्रो गरेका छन । युनियन लाईफले अलि बढी गरेको होला । सबै कम्पनीले राम्रो गरेका छन । २० प्रतिसतको बजार पुग्यो सबै कम्पनी नलागेको भए कसरी पुग्थे ।


तपाईँहरुले पुराना कम्पनीलाई दौडाइ दिनुभयो होइन ?

पुराना कम्पनीलाई दौडायौं दौडाएनौं मलाई त सरोकार छैन । त्यतातिर मेरो ध्यान छैन तर म आफुचाँही एग्रसिभली दौडिरहेको छु ।


यो दौडाइ कहिलेसम्म ?
यो दौडाई यो कम्पनीमा जहिलेसम्म जागिर खान्छु त्यहीलेसम्म । यसको कुनै सिमा छैन । जवसम्म यो कम्पनीको तलव खाइरहेको हुन्छु, त्यहीले सम्म दोडिन्छु । पुरै बजार खाली छ त किन विश्राम लिने ? हरेक नेपालीको बिमा गर्ने क्षमता छ । भिख माग्नेको पनि बिमा गर्ने क्षमता छ ।


सबै मान्छेले कसरी बिमा गर्न सक्छन ?

कसले बिमा गर्न सक्दैन ? बिमा गर्न नसक्ने मान्छेले चुरोट खैनी रक्सी खान सक्छ बिमा मा थोरै रकम सेभिङ गर्न किन सक्दैन ? चाहना हुनुपर्छ । पान सर्तिको पैसा बचाएपछि बिमा भैहाल्छ । बिमा गर्ने इच्छा हुनुपर्छ, पशुपतिमा भिख माग्नेसँग पनि पैसा हुन्छ । बिमा गर्न इच्छा हुनुपर्छ त्यो क्रियट गराउने हाम्रो काम हो ।


गत असारभित्रै आउनुपर्ने आईपिओ निकाल्ने बेला भएन ?
कतिपय निती नियमका काुराहरु हामीले चाहेर पनि हुँदैन । धितोपत्र बोर्ड अनुसार एक साल पुरै काम गर्नुपर्छ । जुन हामीले २०७५/०७६ मा ग¥यौं । २०७५/०७६ को व्यालेन्ससिट बन्छ त्यसपछि भ्यालुएसन हुन्छ । एजिएमबाट आइपिओ निकाल्ने निर्णय पास गरिन्छ । त्यसपछि निकालिन्छ हामीले ढिला गरेका छैनौं ।


बजार गिरेकाले आइपिओमा जानलाई अलमल गरेको हो ?
बजार के डाउन छ र । हाम्रो आइपिओमा बजार डाउनसँग कुनै मतलव रहदैन । पुरै लुटम लुट हुन्छ ।


बजार त तल छ नि ?
जतिनै बजार घटेपनि कुनै इन्स्योरेनसको सेयर सयमा पाउनुहुन्छ ? कुनै क श्रेणिको सेयर सयमा पाउनुहुन्छ ? बजार जति तल आएपनि कुनै इन्स्योरेन्सको सेयर सयमा पाइन्न त्यसैले आइपिओ नविक्ने कुरै छैन । सेयर डाउन भएको भनेर हामी सेयर निकाल्न पछि परेको होइन । सेयर निस्कासन गर्न संकन्धीत निकायका आफ्नो नियम हुन्छन हामीले त्यसलाई फलो गर्नैपर्छ ।


आइपिओ कहिले आउँछ ?
ठ्याक्कै भन्न सकिन्न, तर यसै आवको आसारसम्ममा आइपिओ निकाल्ने तयारीमा छौं । किनकी आव २०७५/०७६ पुरै काम ग¥यौं । अरु प्रक्रिया पनि पुरा गर्दै आउका छौं । धितोपत्र बोर्डबाट एप्रुवल लिन्छौं ।


आइपिओ आउनासाथ लाभांस दिन सकिन्छ ?
लाभांस दिन सकिन्छ किन नसक्नु । युनियन लाइफले जन्मिने वित्तिकै नाफा गरेको छ । आइपिओ आएपछि त लाभांस दिइहालिन्छ ।


यती धेरै इन्स्योरेन्स कम्पनी कसरी टिक्छ ?

अहिले त सबै इन्स्योरेन्स कम्पनी टिक्छन किनकी पुरै बजार खाली छ । तर ५÷६ वर्षपछि त गाह्रो होला नेपाल जस्तो मुलुकमा १९ ओटा लाइफ इन्स्योरेन्स सर्भाइभ गर्न त संभव छैन । पछि मर्ज गर्नुपर्छ तर अहिलेनै मर्ज गर्नुपर्ने अवस्था आएको छैन । बिमा समितिले मर्जरको बाटो खोलिदिएर राम्रो गरेको छ । ५/६ वर्षपनि लाइफ इन्स्योरेन्स कम्पनीहरु मर्जमा नगई सुखै छैन । भारतमा १ सय ३० करोड जनसंख्या भएको ठाउँमा २४ ओटा बिमा कम्पनी छ । नेपालमा ३ करोड जनसंख्यामा १९ ओटा बिमा कम्पनी कसरी चल्छ ?


कतिपय नयाँ कम्पनीहरुलाई खर्च धान्नै गाह्रो छ भन्ने सुनिन्छ नि ?
अहिले सबैले राम्रो विजनेश गरेका छन । सबै कम्पनीले राम्रो बोनस डिक्लेयर गरेका छन । सबैले धान्न सक्छन खर्च । त्यसपछि अफ्टेरो पर्ने वाला छ ।


ग्रोथ कस्तो छ ?
राम्रो छ, यो वर्ष पनि ५० प्रतिसतभन्दा बढी ग्रोथ गरेका छौं । सत प्रतिसत ग्रोथ त हुनैप¥यो ।


युनियन लाईफ कसरी राम्रो भयो ?

टिमवर्क हो राम्रो बनाउने भनेको । हरेक स्टाफ दिनरात लागेका छन । जसको कारणले राम्रो भएको छ ।


किन कर्मचारी तानातान भएको छ नि ?
बजारमा अनुभवी कर्मचारीको तानातान भैरहेको छ । हामी त बजारबाट फ्रेस स्टा फलिएर सिकाउने हो । कर्मचारी तानातान दुनियाँमा जाँहासुकै पनि भैरहन्छ यो त एउटा प्रक्रिया हो । मान्छे आफ्नो बृद्धि र विकासको लागी चेन्ज गरिहाल्छ नि ।


नयाँ बिमा ऐन आएपछि यो क्षेत्र राम्रो हुन्छ ?
चाँडो आउनुप¥यो तर आउन ढिलाई भैरहेको छ । जति नियम कानुन बन्छ त्यसपछि सबैकुरा नियमकै परिधिभित्र बसेर काम हुन्छ । पुरै इन्स्ूयोरेन्स इण्डष्ट्रिकै लागी राम्रो हो । बिमा समिति स्ट्रङ हुनुप¥यो ।


किन बिमामा नयाँ प्रोडक्ट आउन सकेन नि ?
किन आउँदैन सबैले नयाँ प्रोडक्टनै ल्याएका छन । सबैसँग क्रिटीकल इनलेस पोलिसी छैन त ल्याइहाल्छन नि ।


युनियनको नयाँ प्रोडक्ट के छ त ?
हाम्रो नयाँ प्रोडक्ट बिमा समितिमा गएको छ । नयाँ प्रोडक्ट पहिले पनि ल्याउका थियौं । हामीले ल्याएको मनीव्यक होल लाईफ नयाँ प्रोडक्ट थिएन ? फेरी अहिले अलग नयाँ प्रोडक्ट ल्याउँदै छौं ।


भावी प्लान के छ युनियन लाइफको ?

हामीले जुन साखाहरु खेलेका छौं त्यहाबाट व्यापार बढाउने हो । अभिकर्ताको संख्या बढाउने हो । अभिकर्तालाई फोर्सली लगाउने हो, इन्स्योरेन्सको बारेमा । स्टाफहरुलाई पनि कम्पनीको बारेमा राम्रो जानकारी दिने हो । हरेक स्टाफ र अभिकर्तालाई बढीभन्दा बढी तालिम दिने ।


प्रतिक्रिया दिनुहोस्