मर्जमा जा भन्ने वित्तिकै ह्वार्रर जान पनि भएन
अर्को साल सेयर होल्डर्सको लागी फाइदा छ ।
नुर प्रकाश (एनपि) प्रधान, सिईओ, लुम्बिनी जनरल इन्स्योरेन्स लि.
नेपालको बिमा बजारमा ४ दशक विताईसकेका नुरप्रकाश प्रधान ननलाईफ बिमा बजारमा चुनौती थपिएको स्वीकार्छन । ३ ओटा मात्रै ननलाईफ बिमा कम्पनी थपिए पनि बिमाको दायरा बढ्न नसकेको प्रधानको ठम्याईँ छ । सन १९८० देखी बिमा बजारमा रहेका प्रधान कृषि बिमाको विस्तार गरेर मात्र समृद्धि आउने बताउँछन । हाल लुम्बिनी जनरल इन्स्योरेन्सको सिईओ रहेका प्रधान १ कार्यकाल ४ वर्ष सिईओ चलाइसकेका छन । बजारमा न एग्रेसिभ न सुस्त आफुलाई अव्वल कम्पनी बनाउँदै लैजाने अठोट प्रधानले गरेका छन । सन १९८० मा नेशनल इन्स्योरेन्बाट बिमाको क्यारिअर सुरु गरेका प्रधानले त्यहाँ ८ वर्ष विताएर नेशनल लाईफ एण्ड जनरल इन्स्योरेन्स गए । पनि नेशनल लाईफबाट एनएलजी छुट्टिएपछि प्रधानले एनएलजीमा ८ वर्ष काम गरेर डिजिएमसम्म भए । एनएलजीबाटै उनि लुम्बिनीको सिईओमा गएका हुन । नम्र स्वभावका प्रधान ननलाईफ बिमाका विज्ञ नै मानिन्छन । उनै प्रधानसंग गरेको कुराकानीको सारसंक्षेप ः–
नेपालमा ननलाईफ इन्स्योरेन्सको विजनेश सेचुरेसनमा पुगेको हो ?
यसलाई सेचुरेसन भन्ने मिलेन यो त दिन प्रतिदिन हामी सेवा दिन तयार छौं । २० ओटा कम्पनी पुगिसके । बजार विस्तार हुनुपर्छ त्यसको लागी सरकारले पनि पोजेटिभ सोच राखेर बाटो देखाउने काम गपि गर्दिनुपर्छ । कृषि बिमा राष्ट्रको समृद्धिको लागी अति जरुरी छ । यसको बजार पनि फराकिलो छ । बिमा समितिले पनि कृषि बिमालाई जोडदार रुपले उठाइदिएका छन । जिल्ला जिल्लामा गएर बिमा समितिले स्थानिय तहसँग सहकार्य गरेर जागरण बढाइदिनुभएको छ । हामी कृषि प्रधान देश भनछौं एउटा पनि मलको कारखाना छैन नेपालमा । खाली बंगलादेशबाट नक्कली मल ल्यायो डवल तेव्वरमा बेचेर किसान मार्ने काम मात्र भैरहेको छ । विउ विजन पनि धानको गेडा लागेन भन्ने गुनासा आउँछन यसमा पनि स्तर हुनुपर्छ सरकारले प्रमाणित गरेका बिउविजन लगाउनुपर्छ । सिंन्चायीमा विकास गर्नुपर्छ । कृषिमा पुर्वधार खडा गर्नुभयो भने बिमाको दायारा धेरै छ । कृषिको किवास भयो भने देशले समृद्धिको बाटो लिन्छ । बिमाको पनि बजार बढ्छ ।
ननलाईफ बिमाको फोकस कृषिमा हुनुपर्छ भन्ने हो ?
यो एउटा क्षेत्र हो मैले औल्याएको । ६५ प्रतिसत कृषि प्रधान देश भनेकाले कृषिको विकास नगरी देशमा समृद्धि आउँदैन । दोस्रो उद्योग व्यापारको कुरा हो । उद्यदोग खुल्दै जानुप¥यो व्यापार बढ्दै जानुपर्छ । यहाँत भएका उद्यदोगहरुनै बन्द हुादै आएका छन । आयात प्रतिस्थापन गर्नुपर्नेमा आयातलाई प्रोत्साहन दिइराखेको छ यो राज्यको निती मिलेन । निर्यातमा खोकस हुनुपर्छ । जस्तो विरगंज चिनी कारखाना, हेटौंडा कपडा कारखाना बन्द हुनु विडम्बनाको कुरा हो । अरु देशले खोल्दिएको उद्योगलाई हामीले स्याहार गर्न सकेनौं । यसले इन्स्योरेन्सको दायार पनि साघुरो भएको छ ।
सरकारले के बाटो खोल्दीनुप¥यो त ?
ननलाईफलाई बाटो खोल्नुपरेन । यो पुर्वाधार विकास गर्नुप¥यो ननलाईफको व्यापार आफसेआफ बढ्दै जान्छ । बाली विमाको माग बढ्न सक्छ । उद्योग बढ्दै गए त्यसमा बजार बढ्दै जाने हो । गत वर्षको ननलाईफ बिमाको बजार भनेको २५ अर्व प्रिमियम हो । यो त बढ्नुप¥यो नि । २० अर्व त क्यापिटलनै छ, २० अर्वको ४ औं गुणा हुनुपर्ने व्यापार क्षेत्र झण्डै बराबरमै छ । २० अर्वको क्यापिटलले २५ अर्व कमाएको छ । हामीलाई साँघुरो फिल भएको छ ।
बिमामा धेरै प्रतिस्प्रर्धा भयो जस्तो देखिदैन ?
प्रतिस्प्रर्धा त भएकै हो । २५ अर्वको व्यापारीक क्षेत्रमा २० अर्व क्यापिटलनै छ, यो त जष्टिफाइनै भएन नि । कि त कम्पनी बढी दर्ता भए, सरकारले किन बेलैमा सोचेन । कम्पनी धेरै भएपछि क्यापिटलको डवल तेव्वर त विजनेश पु¥याउनै प¥यो । प्रतिस्प्रर्धा बढ्नुको अर्को कारण बिदेशी पुर्नबिमकहरुले जव रेट घट्दै जान्छ बिमाको रिक्स बढ्दो स्थीतिमा छ । पहिले म आउँदा २ अढाइसय क्लेम दर्ता हुन्थ्यो महिनामा भने अहिले ४ वर्षमै अहिले ५६ सय क्लेम दर्ता हुन्छ । गाडीको जोखिम बढ्दो छ । नेपालको बाटो कहिल्यै मर्मत हुँदैनन् । गाडी चलकका अनुमतीपत्र कतिपय नक्कली छन । यसमा केही वदमास गर्नेहरुले नक्कली क्लेपमा पनि पार्ने गर्छन ।
मोटर इन्स्योरेन्समा बढी रिक्स छ हो ?
हो मोटरमा बढी छ, बाटो घाटोको कारणले गर्दा । १५ प्रतिसतचाँही मोटर इन्स्योरेन्समा फेक क्लेम आउँने गर्छ । यसमा अस्पतालहरुले पनि निगरानी गर्न सकेका छैनन् । पुलिस प्रशासन अस्पताल धेरैले नक्कली क्लेमको लागी प्रस्त्रय दिइरहेका हुन्छन । त्यै भएर क्लेम सेटल गर्न हामीलाई समय लाग्छ कन्फीयुज हुन्छ ।
अहिले बिमक संघले ल्याउको आचारसंहिता कतिपय कानुनसँग बाँजिन्छ, किन यस्तो ल्याएको ?
हामीले कानुनी सल्लाह लिएरनै गरेका हौं । नियमनकारी संग छलफल गरेरै ल्याएको हो । यसले निर्जीवन बिमा क्षेत्र अनुसासित होस । विदेशी बिमकहरुले पनि पत्याउन सक्ने स्थीति आओस भन्ने हिसावले यस्तो आचारसंहिता ल्याइएको हो । समय अनुसार केही कडाइ गर्नुपर्ने आवश्यकताले केही नियम बनाइएको हो ।
आचारसंहितामा कर्मचारी लान ल्याउन कडा बनाइएको रहेछ नि ?
कर्मचारी लान ल्याउनै नमिल्ने होइन । अनुशासित शिष्टताका साथ लान ल्याउन जतिपनि पाइन्छ । यस क्षेत्रलाई प्रतिकुल अषर गर्नेगरी अस्वस्थ प्रतिस्प्रर्धा रोक्न आचारसंहिता बनाइएको हो । कही एउटा तहमा काम गरीरहेको कर्मचारीलाइ डवल तेव्वर प्रमोसन दिएर अनावश्यक प्रलोभन देखाएर लैजान रोक लगाइएको हो । सही ढंगबाट एक तहमाथी लैजान पाइन्छ ।
३ ओटा नयाँ कम्पनी थपिँदैमा यती धेरै प्रतिस्प्रर्धा बढ्यो है ?
क्हिलेकाँही थोरैले पनि धेरै अषरहरु पर्छन । यस्तो किन भयो भन्दा बजार साघुरो स्थीतिमा भएकाले हो । व्यापार मात्र नभई ट्रेन म्यानपावरको कमीले गर्दा समस्या आउको हो । व्यापारमा पनि कम प्रिमियममा क्लेम बढी लिन पाए हुन्थ्यो भन्ने तिर फोकस भए । त्यै भएर हामीले ३ ओटा कुरालाई फोकस गरेका छौं । क्लेम पनि ठाउँको ठाउँ भनेका छैनौं कतिपय कानुनी कागजपत्र पनि हुनुपर्छ भोली अर्को अर्थ लाग्छ । स्मार्ट सर्भिस छिटो छरितो सेवा अण्डरलाइटिङ गर्दा पनि प्रिमियम घटाएर होइन फेयरली अन्र्तराष्ट्रिय नियमलाई ध्यान दिएर प्रोफेसनल्ली अगाडी सार्ने हो । स्मार्ट मार्केटिङ सर्भिस भनेका छौं । त्यै भएर हामीले आइएसओ सर्टिफिकेसन पनि पाएका छौं ।
भुकम्प पछि बिमा क्षेत्र फष्टाउँछ भनिन्थ्यो, तर खासै बढेन नि ?
हाम्रो पनि अपेक्षा त्यही थियो । ४ दशकको मेरो बिमा अनुभवमा बढ्छ भन्नेनै लागेको थियो । हामीले २÷३ महिना टुडिखेलमा वितायौं पनि । उपत्यकामा सचेत, बढेलेखेका बस्छौं र आर्थिक रुपले पनि सक्षम छौं भन्ने लागेको थियो । निजी घरहरुको बिमा ४ गुणा बढ्छ भन्ने सोचेका थियौं । २०÷२५ प्रतिसत मात्रै बढ्यो । जोखिमलाई जानीबुजी हेलच्यक्रेयाँइ गर्छौं भन्ने देखियो । गर्न सक्नेले पनि गरेनन् । बैैंक लोन लिनेलाई बैंकले गरायो ।
नेपालमा ननलाईफ बिमाको व्यापार बैंकसंग निर्भर छ भनिन्छ नि ?
बैंक र बिमा एक अर्काका परिपुरक हुन । बिमाको सपोर्ट नभई बैंक चल्दैन । किनभने बिमाको सपोर्ट भएन भने १० रुपैंया पनि लोन दिन सक्दैनन बैंकहरुले । हाम्रो अरु आर्थिक गतिविधि नसुध्रिएको हुनाले बैंकमार्फत अनिवार्य भएकाले बाहिरबाट त्यस्तो देखिएको हो । बैंकिङको विकासको लागी बिमा चाहिन्छ ।
नयाँ बिमा एने आउँदैछ, बिमा व्यावसायमा के फरक पर्ला ?
समय अनुकुलको आउँछ त्यो स्वभाविक पनि छ । कतिपय कुराहरु व्यवहारिक पनि हुनुपर्छ । यसमा अनुगमनका कुरा पनि धेरै छन । कति सर्वेयरहरु काम गर्न सक्दैनौं भनिरहेका छन । दण्डजरिवानामात्र राखेर हुँदैन । त्यसको आर्थिक अनुशासन माथिदेखी सुध्रिनुपर्छ । जस्तो निर्माण क्षेत्रमा सुस्तता आउँदा बिमाको व्यापारमा समस्या परिरहेको छ ।
बिमा कम्पनीहरुमा कर्मचारी अभाव छ भनिन्छ तर कम्पनीहरुले कुनै एग्रेसिभ प्लान बनाएको देखिन्न नि ?
अभाव यो मानेमा होइन कि टेक्नीकल र काम चलाउ त छदै छ । सुधार हुँदैछ, अव कर्मचारी अभाव हुँदैन । हामी बाहिर बाहिर जिल्लाहरुमा गएर ट्रेनिङ दिइराखेका छौं । यो म्यानपावर परिपुर्तीको लागी हो । सबै कम्पनी मिलेर इन्स्योरेन्स इन्स्टीच्युट अफ नेपाल २ वर्षदेखी चलिरहेको छ । यसले प्रभावकारी ढंगबाट तालिम प्रदान गरिरहेको छ भोलीको अवस्थामा दक्ष कर्मचारकिो अभाव हुँदैन ।
लुम्बिनीले गतवर्ष किन पुरै नदिएर यसवर्ष फेरी हकप्रद निकाल्न लागेको ?
यो टेक्नीकल कुरा छ । एनएफआरएस लागु भयो बिमामा । बैंकहरुले ३ वर्षभयो अहिलेसम्म पुरा लागु गर्न सकेको छैन । बिमा कम्पनीहरुले लागु गरेरै छाडे । त्यै कुराले गर्दा कहीलेकाँही हाम्रो एक्चुअल क्याल्कुलेसन मा पुरानो हिसाव अनुसार राइटमा जानु नपर्नेगरी पु¥याएका थियौं । हाम्रो नाफालेनै पुग्थ्यो । ८८ करोड क्यापिटलनै थियो । एनएफआरएस भ्यालुएसनको हिसावले केही सम्पती बढ्न गएको पुरानो रिर्जभ चलाउन नदिएको कारणले टेक्निकल रिर्जभ चलाउन नदिएको कारणले १२ करोड क्यापिटल पुगेन । त्यै भएर सबैको सहमती अनुसार राइट इस्युमा गएका हौं । रिर्जभ छदै छ अर्को साल पाइहाल्नुहुन्छ । सेयर होल्डर्सको लागी फाइदा छ । अव १ अर्व ५ करोड क्यापिटल पुग्छ यो राइट पनि ।
बिमा कम्पनहिरु मर्जरको चर्चा चलिरहेको छ, संभव छ ?
यो त हामीले भन्ने कुरा पनि आएन । प्रमोटरहरुको सोच विचारको कुरा हो । मर्जमा जा भन्ने वित्तिकै ह्वार्रर जाने खोल भन्ने वित्तिकै ह्वार्रर खुल्ने यो पनि भएन नि ? आवश्यकता अनुरसार भोली मर्ज हुँदै जाने कुरा हो । मर्ज हुने वित्तिकै थोरै विजनेशले पनि पुग्छ भन्ने छ र । १ अर्वको कम्पनी मर्जमा गए २ अर्वको क्यापिटल पुग्छ । उसले ४ अर्वको विजनेश त गर्नैै प¥यो । अखिर विजनेश त त्यै २५ अर्व न छ ।