रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी « Arthapath.com
२० कार्तिक २०७६, बुधबार

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी



विदुर । रिलायन्स लाइफ इन्स्योरेन्स नुवाकोट शाखाले बिमाबापतको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तारकेश्वर गाउँपालिका–५ का युवराज वस्तीलाई मृत्यु दाबी भुक्तानी गरिएको हो ।
युवराज वस्तीकी श्रीमती गोमा वस्तीको ०७३ साउन ९ गते मृत्यु भएको थियो । उनले ०७५ पुस ३० गते आफ्नो बच्चाको नाममा ‘मेरो मुटु बाल बिमा योजना’ गराएकाले उनको मृत्युपश्चात् ०७६ कात्तिक ३ गते बिमा दाबी भुक्तानी रकम मृतकका श्रीमान् युवराज वस्तीलाई चेकमार्फत भुक्तानी गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्