स्वास्थ्य बिमाको ठुलो फण्ड बिमाको दायरामा आउनुपर्छ « Arthapath.com
२६ मंसिर २०७६, बिहीबार

स्वास्थ्य बिमाको ठुलो फण्ड बिमाको दायरामा आउनुपर्छ



शुनिल बल्लव पन्त, सिईओ, एनएलजी इन्स्योरेन्स कम्पनी लि.

निर्जिवन बिमा बजारमा प्रतिस्प्रर्धा बढ्यो ।
सहायक कम्पनीकै रुपमा एनएलजी स्थापना भएको हो ।

शालिन व्यत्तित्व भएका शुनिल बल्वम पन्त काठमाडौंका रैथाने हुनेखाने परिवारमा जन्मिएका हुन । ३० वर्ष अघि नेशलन लाईफ एण्ड जनरल इन्स्योरेन्स कम्पनीबाट बिमाको करिअर सुरु गरेका पन्त हाल एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ छन । १ वर्ष अघि एनएलजीको सियृओ भएका पन्तले झण्डै १ वर्ष कामु सिईओको रुपमा कम्पनीलाई हाँके । नेशनल लाईफ इन्स्योरेन्सको सहायक कम्पनी एनएलजी पुरानो कम्पनी हो । बजारमा बिमाको व्यावसाय घटिरहेको बताउने पन्त एउटै कम्पनीमा सहायकबाट सिईओसम्म हुने व्यक्ति हुन । अहिले बिमा बजारमा देखिएका समस्यालगायतका विषयमा गरेको कुराकानी को सारसंक्षेप ः–

एनएलजी इन्स्योरेन्सको वित्तिय अवस्था कस्तो छ ?
हामी पुरानो कम्पनी भएकोले राम्रो छ । डिपोजिटको रेट कहिले तल कहिले माथी थियो अहिले फिक्स छ । हाम्रो व्यलेन्ससिट राम्रो देखेका छौं ।

ननलाईफ इन्स्योरेन्सको विजनेश खासै बढ्न सकेन भनिन्छ नि ?
ग्रोथ दुई कारणले हुन्छ एउटा पुर्वाधारको विकासको कारणले र अर्को पहुँच नपुगेको क्षेत्रमा आवश्यक प्रोडक्टहरु बजारमा ल्याउनुपर्छ । त्यसपछि मात्रै इन्स्योरेन्सको दायरा र व्यापार बढ्छ । पुर्वाधर बाहेक कृषि पशु र स्वास्थ्यको क्षेत्रमा राज्य बिमा समिति सबैपक्षबाट बहुँच बढाउनुपर्छ ।

बजारमा ३ ओटा ननलाईफ बिमा कम्पनी आउँदैमा तपाईहरुजस्ता पुराना कम्पनीलाई गाह्रो परेको हो र ?
३ ओटा कम्पनी थपिएरै गाह्रो परेकाचाँही होइन । बिमाको दायरा बढेको छैन । पुर्वाधारको विकास बढ्न सकेन जसले गर्दा प्रिमियमको साइज बढेन । सबैको पहुाचमा बिमा पुगोस भनेर केही सम्पतिको दररेटहरुमा पनि पुर्नविचार गरियो । त्यसले गर्दा पनि बिमा क्षेत्रमा ग्रोथ नभएको जस्तो देखिएको हो । टोटलमा बिमाको पोलिसी संख्याचाँही बढेको देखिन्छ ।

नयाँ कम्पनी थपिएको इफेक्ट छैन बजारमा ?
छ इफेक्ट त हुनेनै भयो । ३ ओटा कम्पनी थपेपछि नयाँ सेक्टरमा सबैजना दौडेर के गर्नु । नयाँ कम्पनीले पनि यहीँ नै भएको विजनेश गर्ने हो । बिमा बजारमा अलि प्रतिस्प्रर्धा बढेको देखिन्छ ।

इन्स्योरेन्स कम्पनीहरुले बैंकले दिएको बाहेक अरु विजनेश जोख्न सकेनन भनिन्छ नि ?
खोज्न त खोजिनै राखेको छ । बजारमा आएक कृषि, पशु, स्वास्थ्य सँग संबन्धीत प्रोडक्टहरुमा त बैंकको लगानी छैन । त्यहाँ पहुँच बढेकै छ । कृषि, पशु, स्वास्थ्य क्षेत्रको प्रिमियम हरेक साल बढेकै देखिन्छ । स्वास्थ्यको हकमा पनि इन्स्योरेन्स कम्पनीहरुले प्रोडक्ट ल्याएकोनै देखिन्छ । नागरिकहरु स्वास्थ्य बिमाप्रति सचेत र आर्कषित भएको देखिन्छ । अरु क्षेत्रमा आकर्षित गराउन केही न केही समय त लाग्ने नै भयो ।

बिमाको लागी बैंककै भर पर्नुपरेको हो त ?
मेजर विजनेशमा त बैंककै भर पर्ने हो नि । संसरभर नै यस्तै छ । नेपाल सरकारले सम्पती बिमा म्यानेटरी ग¥यो भने व्यावसाय बढ्छ । हैन भने नयाँ प्रोडक्ट र आवश्यकता अनुसारको प्रोडक्ट डेभलप गर्दै जाने हो भने एउटा टाइम लिन्छ तर ग्रोथ बढ्दै जान्छ ।

तपाई सिईओ भएर आएको पनि १ वर्ष बढी भैसक्यो के के शुधार गर्नुभयो ?
एनएलजीमा शुधार गर्नुपर्ने केही नै थिएन । रेगुलर सुधार बाहेक हामी टिमवर्कमै काम गरिरहेका थियौं । म पहिले सिईओ नभए पनि याहीँ सेकेण्डम्यान थिएँ । समय अनुसार संस्थालाई शुधार गर्नुपर्ने कुरामा नियमित गर्दै आउका छौं । अहिले हाम्रो आईटी स्टमलाई चुस्त बनाएका छौं । इन्स्योरेन्स गरेको ग्राहाकको कुनै घट्ना भएमा मोवपाइल एपबाट नै सूचना पाउने गरी आधारभुत पुर्वाधार विकास गरेका छौं । अहिलेको फोकस भनेकै आइटी, टेक्नोलोजी रिलेटेड फोकस हो ।

तपाईहरु एनएलजीलाई सहायक कम्पनी भन्नुहुन्छ होइन ?
भन्नेमात्र होइन हामी नेशनल लाईफको सहायक कम्पनी नै हौं । ५० प्रतिसत नेशनल लाईफको सेयर हिस्सा छ । सहायक कम्पनीकै रुपमा एनएलजी स्थापना भएको हो ।

बिमा समितिले १५ प्रतिसत भन्दा बढी व्याक्ति वा संस्थाको सेयर राख्न नपाउने भनेको छ अव के हुन्छ ?
बिमा समितिको निर्देशन आउला नि । कम्पनी रजिष्टार कार्यालयबाटै सहायक कम्पनीको रुपमा दर्ता भइ खुलेको हुनाले अविष्यमा आउने नितीलाई हेरेर भन्न सक्छौं ।

मोटर इन्स्योरेन्समा बिमा कम्पनीहरुले धेरै झण्झट दिन्छन भनिन्छ नि ?
यो मैले ३० वर्ष अगाडी जागिर खाँदा पनि त्यै कुरा थियो आज पनि त्यै कुरा छ र भविष्यमा पनि यै कुरा उठिरहन्छ । हामी मिडिाय र अन्य माध्याममा पनि देख्छौं सबै कम्पनीहरु चाँडो भन्दा चाँडो क्लेम सेटलमेन्टमै लागेको । असहज परिस्थीति र आवश्यक कागजात पुरा नभएको अवस्थामा क्षतिपुर्ती दिनुपर्नेमा झण्झटिलो मानिएको हुनसक्छ । आवश्यक कागजत जुटेको खण्डमा दावी फच्र्योट समयमै हुन्छ ।

एनएलजीका पुराना कर्मचारी धमाधम छाडेर अन्त गए र अझै पनि जाँने क्रममा छन रे नि ?
पुराना कार्मचारी धेरैले छोडेर गएको जस्तो देखिदैन । एनएलजीमा रिटेन्सन हाइ नै छ । १ प्रतिसत मात्रै कर्मचारीले छोडेर अन्य कम्पनीमा गएको देखिन्छ । १ प्रतिसतलाई नै ठुलो संख्य मान्ने अवस्था रहेन । अहिले छोड्ने प्रक्रियामा पनि रहेको देखिदैन । यो कम्पनी छोड्ने अर्कोबाट आउने व्यक्तिगत कुरा हो । तर यस कम्पनीले कर्मचारीका लागी आधारभुत तलव, सुविधा र तालिम दिईराखेको छ । कर्मचारीहरु एनएलजीमा सन्तुष्टि भएको भान हुन्छ ।

बिमामा किन कर्मचारीहरु छोटो समयमै टर्नओभर भैरहन्छन ?
नयाँ कम्पनी आएकाले मात्रै होला टर्न ओभर देखिएको । होइन भने बिमा भनेको एउटा ट्रष्ट लेवलमा काम गर्नुपर्ने भएकाले त्यती टर्नओर भैरहन्छ जस्तो लाग्दैन ।

नयाँ बिमा ऐन पनि चाँडैनै पास हुने क्रममा छ, अव त झन नियमनमा कडाई होला हैन ?
नियम कानुन त सबैले पालना गर्नुनै प¥यो । कानुनसँग सबै सापेक्ष हुनुपर्छ । कानुन पालनामा बस्यो भने दुर्घट्ना पनि कम हुन्छ ।

बिमा समितिका अध्यक्षले यतीधेरै निर्जिवन बिमा कम्पनी चल्न सक्दैनन् भनेका छन । के मर्जरमा जान्छन ?
बिमा समितिको अध्यक्षले त्यस्तो भन्नुभएको जस्तो मलाई लाग्दैन । बिमा समिति भनेको हाम्रो अभिभावक हो । अभिभावकले आफ्ना बच्चाहरुलाई उन्नती प्रगतिमा लाग्न प्रेरणा गरेजस्तै हो । बिमाको पहुँच बढाउनको लागी मर्जमा जानुपर्ने आवश्यकता भयो भने भनेर मर्जको निती बनाएर ढोका खोल्दिएको जस्तो लाग्छ । बिमा कम्पनीहरु मर्ज गर्नुपर्ने महशुस भयो भने त्यैबेला निती बनाउनुपर्ने हुन्छ ।

यही बजारमा १९ ओटा निर्जिवन बिमा कम्पनी टिक्न सक्छन ?
कृषि, पशु, स्वास्थ्य बिमा गर्ने हो भने संभावना धेरै नै छ । कृषि, पशु, स्वास्थ्य बिमालाई फुलफ्लेजमा संचालनमा ल्याउने हो भने अहिले जुन रफ्तारमा गैरहेको छ यही कम्पनीहरुलाई पनि सेवा दिन हम्मे हम्मे पर्ने देखिन्छ । राज्यले पनि पुर्वाधारको विकासमा फड्को मार्ला नै ।

एनएलजीले लगानीकर्तालाई कस्तो प्रतिफल दिन्छ ?
प्रतिफल हामीले विगतमा नियमित दिइरहेकै थियौैं । अहिले एनएफआरएस स्टम आयो त्यसलाई लागुगर्दा अहिलेनै कति प्रतिफल दिन सकिन्छ भन्न सकिन्न । गत आवको अडिट अन्तिम अवस्थामा रहेकाले केही तथ्याङ्क आएपछि मात्र भन्न सकिन्छ ।

राइट सेयर कहिलेसम्म ल्याउनुहुन्छ ?
राइट सेयरको लागी धितोपत्र बोर्डमा बुझाउनुपर्ने कागजातहरु बुझाइनै सकेका छौं । सेवनबाट स्वीकृतीको अनितम तयारीमा छ । छिट्टै स्वीकृत आएपछि केही समयमै राइटबाट क्यापिटल पु¥याउँछौं । ५० प्रतिसत लगानीको लगानीकर्ता नेशनल लाईफ हो । ५० प्रतिसत राइट नेशनल लाईफबाटै आउने भएकाले छिट्टै पुरा हुन्छ ।

बिमा कम्पनीहरुको सेयर मुल्य बेस्सरी घट्यो लगानीकर्ताले त करोडौं गुमाए नि ?
बिमा कम्पनीको मात्र होइन अहिलेको सेयर बजारमै उदारचढाव आइरहेको देखिन्छ । नेप्से एउटा लेवलमा आएर बसेको जस्तो देखिन्छ । आर्थिक गतिविधि बढ्यो भने नेप्से पनि बढ्छ । त्यसपछि इन्स्योरेन्सका सबै सेक्टरका प्राइसहरु बढ्छ ।

३० वर्ष एउटै कम्पनीका काम गर्नुभयो, अहिलेको इस्योरेन्स बजारलाई कसरी हेरिरहनुभएको छ ?
च्यालेन्ज बढेको छ । ३० वर्ष अगाडी ग्राहाको आवश्यकता के थियो । आजका ग्राहाकको आवश्यकता के हो दाँजेर हेर्दा धेरै नै ठुलो अन्तर देखिन्छ । पहिले आवश्यकता प¥यो भने मात्र बिमा गर्ने प्रचलन थियो भने । आजको दिनमा प्रिमियम नतिरी बिमा लेख जारी हुँदैन भन्ने सबैले बुझेका छन । बिमाको जागरण बढेको छ । ग्राहाकलाई हातको हात पोलिसि दिन सकिन्छ । ग्राहाकलाई पोलिसिको सम्पुर्ण जानकारी मोवाइल एपबाटै जानकारी हुन्छ ।

बिमाको बजार बढाउन के गर्नुपर्ला ?
सरकारले स्वास्थ्य बिमाको बजार बढाउन स्वास्थ्य बिमा प्रति चेतना पनि बढाउनु प¥यो । सरकारको ठुलो फण्ड स्वास्थ्य बिमामा छ । त्यो कुनै न कुनै दिन बिमाको दायरामा आउँछ । त्यो बेला हामीलाई नयाँ बजार खोज्नै पर्दैन । सर्भिस दिए मात्रै पुग्छ । कतिपय नेपालका महत्वपुर्ण सम्पदाहरुको बिमा भएनन् अव फेरी पनि त्यस्तो नहोस । व्यक्तिगत सम्पतीको अनिवार्य बिमा गराउनुपर्ने निती ल्याउन सकियो भने बिमाको दायरा बढ्छ ।


प्रतिक्रिया दिनुहोस्