साइबर क्राइम बिमामा बैंकहरु किन उदास ? « Arthapath.com
३ माघ २०७६, शुक्रबार

साइबर क्राइम बिमामा बैंकहरु किन उदास ?



काठमाडौं । अहिले बैंकहरुमा स्टम ह्याक गरेर वा एटिएम ह्याक गरेर करोडौं पैसा लुटपाटका घट्ना घटिरहेका छन । त्यसको बैंकहरुले कुनै बमिा गरेका हुन्छन नत त्यसरी गएको पैसा प्रहरीले समात्ने बाहेक अरु विकल्पबाट उठ्ने देखिदैन ।

जति जति साइबर रिक्स बढ्दै जान्छ राष्ट्र बैंकले प्रविधिमा लगानी गर्न आग्रह गरिहेको छ । तर नेपालमा साइबर क्राइमबाट हुने नोक्सानीको कभर गर्न ल्याइएको बिमा पोलीसि हालसम्म कुनैपनि बैंक वित्तिय संस्थाले खरिद गरेका छैनन् । अर्थात बैंकहरुले साइबर रिक्स कभर गर्न तर्फ ध्यानै नदिइएको देखिएको छ ।

नेपालमा साइबरको माध्यामबाट हुने रिक्स ट्रान्फरको सवालमा बेंकहरुको हालसम्म ध्यान गएको छैन । नेपालमा २ वर्ष अगाडी नेपाल इन्स्योरेन्स कम्पनीले साइबरबाट हुने वित्तिय नोक्सानी गोप्य सूचनाको लिकलगायतका विषय बाट हुने नोक्सानी कभर हुनेगरी साइबर बिमा पोलिसि ल्याएको भए पनि हालसम्म कुनैपनि बैंकले पोलिसि खरिद गरेका छैनन ।

अन्तराष्ट्रि बैंकिङमा साइबर क्राइमलाई महत्वका साथ बैंक हरुले बिमा गराउने गरेको भए पनि नेपालमा यो लागु हुन सकेको छ । हालसम्म बैंहरुले आफ्नो क्यापिलट एडुकेसीबाट त्यस्ता वित्तिय अपराधहरुको नोक्सानीलाई पुरा गर्ने गरेको सन्राइज बैंकका सिईओ जनक शर्मा पौडेलले बताए । उनले भने बैंकिङ विजनेश रिक्सी भएकाले बैंकहरु साइबर बिमामा पनि जानुपर्ने उनि बताउँछन ।
केही महिना अघि विभिन्न बैंकको कार्डबाट करोडौं रकम ह्याक भएपछि राष्ट्र बैंकले बैंकहरुलाई सफ्टवेरमा लगानी गर्न र अन्य सेक्युरेटिज अपनाउन आग्रह गरेको थियो । तर अन्र्तराविष्ट्रय रुपमा बढ्दै गएको साइवर अपराधबाट हुने नोक्सानीप्रति बिमा गर्न बैंकहरुले चाहेको देखिएन ।

प्रभु बैंकका सिईओ अशोक शेरचन भन्छन्, नेपालमा भल्भ एटिएम मेसिनको बिमा हुने गरेको तर स्टम ह्याकको सन्र्दमा बिमा हुने गरेको छैन । बिमा गर्दा लाग्ने प्रिमियम महंगो भएकाले बैंकहरु त्यसतर्फ जान नचाहेको डेभलपमेन्ट बैंकर संघका अध्यक्ष गोविन्द ढकालले बताए ।
नेपालमा पहिलोपल्ट नेपाल इन्स्योरेन्सले मात्रै साइबर क्राइमको बिमा पोलिसि जारी गर्न बिमा समितबाट अनुमति लिएको भएपनि कुनैपनि बैंक वित्तिय संस्थाले चासो नदेखाएको नेपाल इन्स्योरेन्स कम्पनीका सिईओ बिजयबहादुर शाह बताउँछन । ‘उनले भने साइबर बिमा बारे धेरै फोरममा कुरा उठाइए पनि कुनैपनि बैंकले पोलिसि खरिद गरेका छैनन्ʹ शाह भन्छन । प्रिमियम महंगो भो भनेर बैंकहरु यस्तारिक्स बाट हुने करोडौंको नोक्सानी प्रति सचेत हुन सकेका छैनन् ।

साइबर इन्स्योरेन्सको प्रिमियम १ दसमलव ५ देखी ५ प्रतिसतसम्म हुने शाह बताउछन । कम्पनीको गुलविल र स्ट्रेन्थ अनुसार पनि प्रिमियम निर्धारण हुने शाह बताउँछन ।
नेपाल राष्ट्र बैंकले मौद्रिक निती मार्फत साइबर रिक्सबारे बिमा गर्नुपर्ने समेटीए पनि हालसम्म कुनै बैंकले बिमा लोलिसी लिएर साइबर जोखिम हस्तान्तरण गरेका छैनन । एटिएम मेसिनमा सेक्युरेटी गार्ड राख्न सुझाव दिने राष्ट्र बैंकले साइबर अपराधबारे मौन छ ।


प्रतिक्रिया दिनुहोस्