सेञ्चुरी बैंक छाडेका जिवन भट्टराई चौधरी ग्रुपको कन्सल्ट्यान्स हुँदै बने युनाइटेड इन्स्योरेन्सको संचालक « Arthapath.com
२२ माघ २०७६, बुधबार

सेञ्चुरी बैंक छाडेका जिवन भट्टराई चौधरी ग्रुपको कन्सल्ट्यान्स हुँदै बने युनाइटेड इन्स्योरेन्सको संचालक



काठमाडौं । ६ महिनाअघि सेञ्चुरी बैंकको डेपुटी सिईओबाट राजिनामा दिएका बैंकर जिवन भट्टराई प्रतिष्ठित व्यापापरीक घराना चौधरी ग्रुप ज्वाइन गरेका छन । भट्टराई चौधरी ग्रुपको फाइनान्स तथा कानुनी कन्सल्ट्यान्समा ज्वाइन गरेको हुन । उनि चौधरी ग्रुप ज्वाइन गरेको १ महिना नपुग्दै युनाइटेड इन्स्योरेन्स कम्पनीको संचालक चयन भएका छन ।
भट्टराईले १ साता अघि इन्स्योरेन्सको संचालकमा चयन भएको युनाइटेड इन्स्योरेन्सका कामु सिईओ रमेशकुमार भट्टराईले बताए । युनाइटेडको इन्स्योरेन्सको संचालक रहेका चौधरी ग्रुपका महाप्रवन्धक महेशराज पन्त नविल बैंकको संचालक भएपछि भट्टराईलाई नियुक्ती गरिएको हो ।
युनाइटेड इन्स्योरेन्समा २ साताअघि अध्यक्षमा पुर्व पर्यटनमन्त्री तथा एफएनसिसिआईका पुर्वअध्यक्ष रविभक्त श्रेष्ठ ३ साताअघि नियुक्त भएका हुन ।
६ महिना अघि सिईओ तुलसिराम गौतमसंग विवाद भएपछि भट्टराई सेञ्चुरी बैंकको डेपुटी सिईओबाट राजिनामा दिएर हिँडेका थिए । हिमालयन बैंकबाट बैंकिङ क्यारिअर सुरु गरेका जिवनले हिमालयनमै ५ वर्ष विताएका थिए । त्यसपछि सिद्धार्थ हुँदै सेञ्चुरी पुगेका हुन । अपरेसनमा दख्खद राख्ने जिवनले आफु पिएचडि गर्न जान लागेकाले बैंक छोडेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्