एग्रेसिभ बन्दै नेपाल लाइफ, १ हजार पाँच सय एजेन्टलाई मोटिभेसन « Arthapath.com
२७ माघ २०७६, सोमबार

एग्रेसिभ बन्दै नेपाल लाइफ, १ हजार पाँच सय एजेन्टलाई मोटिभेसन



काठमाडौं । बिमा बजारमा ९ ओटा जीवन बिमा कम्पनी एकमैपटक खुलेपछि प्रतिस्प्रर्धा बढ्दो छ । बजारमा प्रतिस्प्रर्धा बद्दै गएपछि पुराना कम्पनीले पनि आक्रामक बजार विस्तारमा लागेका छन । नयाँ खुलेका जीवन बिमा कम्पनीले साखा विस्तार र एजेन्ट परिचालनमा आक्रामक बन्दै गएपछि पुराना कम्पनीहरु पनि दौडमा लागेका छन ।
सोही क्रममा नेपालको नंबर १ जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना एजेन्टहरुलाई कसरी परिचालित हुने भनेर मोटिभेसन तथा स्किल डेभलपमेन्टमा फोकस गरेको छ । कम्पनीले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रमा सम्पन्न गरेको छ ।
कम्पनीले देशभरका अगुवा एजेन्टहरुलाई जम्मा पारी मोटिभेसन गराएको छ । नेपाल लाइफ इन्स्योरेन्सका सीईओ विवेक झाले कार्यक्रम उद्घाटन गर्दै अझै आक्रामक रुपमा लाग्न एजेन्टहरुलाई आग्रह गरे ।
कम्पनीले आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको कम्पनीका डेपुटी सिईओ सन्तोष प्रसाईँले बताए । उक्त कार्यक्रममा देशभरका १ हजार ५ सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सीईओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको भन्दै अझै बिमाको पहुच नपुगेका क्षेत्रमा पुग्न आग्रह गरे ।
कम्पनीले सक्रिय एजेन्टहरु अझै बढाएर यसै आवमा दोब्बर प्रिमियम कलेक्सन गर्ने लक्ष्य लिएको सिर्यओ झाले बताए । बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने सिईओ झाको कथन थियो ।
सो अवसरमा सीईओ झाले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महसुस गराएर मात्र बीमा गराउन सुझाव दिनुभयो । उनले सस्तो लोकप्रियताभन्दा स्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिन अधिकर्ताहरुलाई सुझाए ।
कार्यक्रममा मोटिभेटर बालकृष्ण शर्माले प्रशिक्षण दिएका थिए । जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको नेपाल लाईफको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सबैभन्दा बढी ५ अर्ब ५० करोड रहेको छ । लगानी ८२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको मध्य सम्ममा जम्मा रू. १४ अर्ब ७ करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ४७ हजार ४२ प्रशिक्षित अभिकर्ता रहेको कम्पनीले जनाएको छ । कम्पनीको देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्