महालक्ष्मी लाईफ इन्स्योरेन्सको एक वर्ष पुरा, पौष मसान्तसम्म ५ करोड १८ लाख खुद मुनाफा « Arthapath.com
२७ माघ २०७६, सोमबार

महालक्ष्मी लाईफ इन्स्योरेन्सको एक वर्ष पुरा, पौष मसान्तसम्म ५ करोड १८ लाख खुद मुनाफा



काठमाडौं । जीवन बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्सले कार्य संचालनको एक वर्ष पुरा गरेको छ । बीमा बजारमा चालिसौँ र जीवन बीमा कम्पनीहरुमा १९ औँ कम्पनीको रुपमा कारोबार संचालन गरेको महालक्ष्मी लाईफ सबै भन्दा कान्छो बीमा कम्पनी हो ।

कम्पनिले छोटो अवधिमा ३८ जिल्लामा ६० वटा शाखा र उपशाखा संचालनमा ल्याएको छ । त्यसै गरी ६० जिल्लामा अभिकर्ता तालिम संचालन गरी ७ हजार ३ सय २३ अभिकर्ताहरु कार्यरत रहेको जनाएको छ ।

कम्पनीले १ वर्षको अवधिमा महालक्ष्मी डवल सावधिक बीमा, महालक्ष्मी सावधिक आजीवन बीमा, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा, महालक्ष्मी जीवन हेरचाह बीमा, महालक्ष्मी सावधिक बीमा, महालक्ष्मी सरल बीमा, महालक्ष्मी जीवन सुरक्षा म्यादी बिमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बिमा र महालक्ष्मी सामूहिक म्यादी जीवन बीमा गरी ९ वटा बीमा पोलिसी सञ्चालनमा ल्याएको छ । कुल ५६ करोड बीमा शुल्क संकलन गर्न कम्पनी सफल भएको छ ।

कम्पनीले २०७६ आषाढ मसान्त सम्म रु ११ करोड १३ लाख र २०७६ पौष मसान्तमा ५ करोड १८ लाख खुद मुनाफा गरेको छ । एक वर्षको कारोबारमा कुल बीमा प्रिमियम आयको तुलनामा कम्पनीको जीवन बीमा कोष ७९ प्रतिशत र बैदेशिक रोजगार पुल दाबी वाहेक कम्पनीको दाबी भुक्तानी शुन्य प्रतिशत रहेको छ । जुन सबै जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट रहेको छ ।

कम्पनीले चालु आर्थिक बर्षको अन्तीमसम्म २५ वटा शाखा र उपशाखा संचालन गरी प्रथम बीमा शुल्क संकलनमा अर्ब क्लवमा पुग्ने लक्ष्य लिएको छ । कम्पनीले १ महिना भित्र शाखा रहीत बीमा पोलिसी जारी गर्ने गरी टेवलेट इन्स्योरेन्सको कार्यक्रम संचालन गर्ने गरी तयारी गरिरहेको छ । वार्षिक उत्सबको अवसर पारेर कम्पनीले रु ५० लाख सम्म दाबी भुक्तानी गर्ने गरी घातक रोग पुरक सुविधा योजना संचालनमा ल्याएको छ।


प्रतिक्रिया दिनुहोस्