महालक्ष्मी लाईफ इन्स्योरेन्सका सिईओ भट्टराई भन्छन् ‘१ नंबर बन्ने लक्षण सुरु भैसक्यो’ « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

महालक्ष्मी लाईफ इन्स्योरेन्सका सिईओ भट्टराई भन्छन् ‘१ नंबर बन्ने लक्षण सुरु भैसक्यो’



रमेशकुमार भट्टराई, सिईओ, महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लि.

खुलेको १ वर्षमै महालक्ष्मी लाईफ ३ ओटा इण्डिकेटरमा नंबर १ भैसक्यो ।

जवसम्म ७० रुपैँया बोनस लगातार १५ बर्षसम्म हुँदैन तवसम्म डवल हुँदै हुँदैन ।

साखा खोल्नभन्दा ब्रान्चलेस इन्स्योरेन्समा जाँदैछौं ।

नेपालको बिमा बजारमा पाइनियर मानिएका रमेशकुमार भट्टराई हाल महालक्ष्मी लाईफ इन्स्योरेन्सका सिईओ रहेका छन । १ वर्ष अघिमात्रै संचालनमा आएको सो इन्स्योरेन्स कम्पनी बजारमा आक्रामक रुपले अगाडी बढिरकेको छ । बिमा बजारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको पहिलो नेपाली सिईओसमेत हुन भट्टराई । पछि एसियन लाईफ इन्स्योरेन्स कम्पनी हु्ँदै महालक्ष्मी विकास बैंकको सिईओसमेत भए । महालक्ष्मी विकास बैंकलाई तत्कालिन यती डेभलपमेन्ट बैंकसँग मर्ज गराएर भट्टराई नयाँ लाईफ इन्स्योरेन्स खोल्ने अभियानमा लागे । नेपालमा पव्लिक र प्राइभेट गरी १ दर्जन कम्पनी स्थापना गरेका भट्टराई कुषल व्यवस्थापक समेत हुन । उनै भट्टराईसँग सेयर बजारले गरेको कुराकानीको सारसंक्षेप ः–

नेपालमा सबैभन्दा कान्छो बिमा कम्पनीको रुपमा आएको महालक्ष्मी लाईफ इन्स्योरेन्स वित्तिय हिसावले पनि कान्छो नै हो ?

हामी नेपालमा संचालित ४० ओटा बिमा कम्पनीमध्ये सबैभन्दा कन्छो बिमा कम्पनी हौं । नेपालको बिमा बजारमा सबैभन्दा अन्तिममा खुलेको कम्पनीलाई काम गर्न त्यति सहजचाँही छैन । मुलुकको अवस्था, मुलुक संघियतामा गैसकेपछि बढेको आर्थिक गतिविधिलाई हेर्दा अहिलेपनि सबै क्षेत्रमा बिमाको पहुँच पुगेको छैन । च्यालेन्ज त बढीनै छ तर गर्न सक्यो भने अवसर पनि त्यत्तिकै छ । मैले यसअघि २ ओटा जिवन बिमा कम्पनीका काम गरिसकेकाले पहिले भन्दा अलि मेहनत गर्नुपरेको छ । माघ २७ गते १ वर्ष पुरा गर्यौं यो अवधीमा ५६ करोड बिमाशुल्क संकलन गर्न सफल भयौं । हिजोका दिनमा नेपाल लाईफ र एसियन लाईफमा काम गरेको अवस्थालाई मुल्याङ्कन गर्ने हो भने धेरै ठुलो फड्को मारेका छौं । हामीले जथाभावी व्यापार गर्ने हो भने जतिपनि पु¥याउन सकिन्छ । तर व्यापारमात्रै होइन गुणस्तरीय व्यापारमा ध्यान दियौं । हाम्रो गुणस्तरिय यसैबाट थाहा हुन्छ किन १ वर्षको अवधीमा एउटा पनि क्लेम छैन । १ वर्षको अवधीमा करोडौं करोड क्लेम दिएका छन । क्लेम कम पर्नुनै जिवन बिमामा तपाईले लिएको बिमाको गुणस्तर थाहा हुन्छ । अर्को लाईफ फण्डलाई हेर्ने हो । लाईफ फण्ड भनेको जम्मा गरेको टोटल प्रिमियममा कति खर्च गर्नुभयो कति बचाउनुभयो हेर्ने हो । बचेको चाँही जिवन बिमा कम्पनीको स्ट्रेन्थ हो । आजको दिनमा महालक्ष्मीले कम खर्चमा कम्पनी चलाई राम्रो गरेको छ । कम साखाका लाईफ योञ फण्ड बनाएका छौं त्यो नेपालको १९ ओटा जिवन बिमा कम्पनीका सबैभन्दा उच्च हो । महालक्ष्मी लाईफ अव्बल कम्पनी हो ।

महालक्ष्मी लाईफ १ नंबर कम्पनी कहिले बन्छ ?

१ नंबर जिवन बिमा कम्पनीको लक्षण सुरु भैसक्यो नि । डेथ क्लेममा सुन्यमा छौं नंबर १ यसै भैहाल्यौ । लाईफ फण्डमा प्रतिसतका हिसावले नंबर १ मा पुगिसक्यौं । गएको आवको असारमसान्तको खुद मुनाफाको विवरण हेर्नुहुन्छ भने हामी ९ ओटा कम्पनीभन्दा माथी छौं । याहा मान्छेहरुले जिवन बिमा कम्पनीबारे बुझेकै छैनन् । जिवन बिमा कम्पनीमा ८/१० ओटा इण्डिकेटर हेर्नुपर्छ । जसले पनि अहिले विजनेशमात्रै हेर्छ । सष्टेनेवल विजनेश गर्नुपर्छ भनेर हामी लागेका छौं । आगामी ४ वर्ष अर्थात संचालनमा आएको ५ वर्षमा यस कम्पनीलाई सबै इण्डिकेटरमा १ नंबर बनाएर देखाउँछौं । खुलेको १ वर्षमै महालक्ष्मी लाईफ ३ ओटा इण्डिकेटरमा नंबर १ भैसक्यौं । पहिलो वार्षिकोत्सवमा हामीले घोषणा गरेका छौं १ वर्षमा जे हामी एकदमै सन्तोषजनक अवस्थामा छौं । ६० जिल्लामा पुगिसक्यौं ।

जिवन बिमा कम्पनीमा धेरै प्रतिस्प्रर्धा बढ्यो भनिन्छ नि ?

प्रतिस्प्रर्धा हुनु राम्रो हो तर याहाँ त अस्वस्थ्य प्रतिस्प्रर्धा बढिरहेको छ । एउटा चरणमा बजार विस्तार भैसकेपछि कन्सोसिडेसनमा जानुपर्छ बिमा कम्पनीहरु पनि । जुन अहिले नेपालको बैंकिङ क्षेत्र कन्सोसिडेसनमा गैरहेका छन । १० ओटा कम्पनी एकैपटक आएकाले नै बिमाको बजार २० प्रतिसतभन्दा माथी पुगिसक्यो । धेरै वर्षसम्म ५/७ प्रतिसत थियो बिमाको बजार ।

अरु बिमा कम्पनी र महालक्ष्मी लाईफमा फरक के छ ?

संसारमा सबै जिवन बिमा कम्पनी सुरक्षित छ । हाम्रा प्रतिस्प्रधिले नेगेटिभ मार्केटिङ गर्छन भने हामी सबै कम्पनी सुरक्षित छ भनेर पोजेटिभ मार्केटिङ गछौं । बिमामा फरक हुने भनेको म्यानेजमेन्ट, प्रोडक्ट, एजेण्डमाथि निर्भर ब्यापार गर्ने पब्लिक एजेन्सि सिस्टम हो । यो सबै चिजमा के छ भन्दा महालक्ष्मी लाईफ पृथक छ । आज म्यानेजमेनट हेर्नुहुन्छ भने तपाईले कान्छो कम्पनी भन्नुभयो तर जेठो सिईओले यो कम्पनीलाई हाँकी रहेको छ । जीवन विमा इण्डष्ट्रिकै सबैभन्दा प्रथम नेपाली सिईओ भएको नाताले म जेठो सिईओ हो नि त । हामी संग जति पनि टिम छ सबै डिफ्रेन्ट कम्पनिबाट आएको राम्रो टिम छ । म्यानेजमेन्ट महालक्ष्मी लाईफको दरो छ । बजारमा अरु लाईफ ईन्स्योरेन्स कम्पनीको म्यानेजमेन्टमा फाटो रहेको छ । त्यहा उच्च व्यवस्थापनमा गुटबन्दी रहेको छ । काम राम्रोसंग गरिरहेका छैनन तर हामी आफ्नो रफ्तारमा छौं । हाम्रो म्यानेजमेन्ट राम्रो छ, अर्को प्रोडक्ट राम्रो ल्याएका छौँ । बिमाको बजारमा अहिलेपनि गलत तरिकाले विभिन्न कम्पनिले मान्छेलाई झुक्याएर विमा गराई डवल हुन्छ भनेर प्रलोभन देखाएका छन ।

जवसम्म ७० रुपैँया बोनस लगातार १५ बर्षसम्म हुँदैन तवसम्म डवल हुँदै हुँदैन । त्यो ७० रुपैँया बोनस १५ बर्षसम्म कुनैपनि कम्पनीले दिएका छैनन् । तर महालक्ष्मी लाईफ कम्पनिले के गर्यो भने विमा समितिको स्विकृति लिएर तपाई विमा गर्नुहोस भुक्तानिको अवधिसम्मा डवल दिन्छौँ भनेर स्विकृति लियौ । अन्यभन्दा नयाँ होनि यो प्रडक्ट । लगानी फिर्ता विमा प्रोडक्ट कोहिसंग छैन । पछि कसैले ल्यायो होला तर फष्ट ल्याउने महालक्ष्मी हो । जिवन विमामा प्रोडक्ट तीन किसिमको हुन्छ । एउटा ईण्डोमेन्ट सावधिक, अर्काे होल लाईफ र अर्काे टर्म हुन्छ । हामीले जिवन हेरचाह विमा ल्याएका छौ । जसमा तीनवटै प्रोडक्टको मिश्रण हुन्छ । त्यो पनि कोहिसंग छैन । हामीले हरेक प्रोडक्टलाई स्टडी गरेर नेपाली बजारमा ल्याईरहेका छौँ । प्रोडक्टका हिसावले महालक्ष्मी लाईफ कम्पनी पृथक छ र नयाँ–नयाँ प्रोडक्टहरु ल्याईरहेको छ । एजेन्सि सिष्टम हेर्नुहोस अरुको भन्दा फरक छ । एजेन्टलाई यसमा कन्टिन्यु सक्रिय पार्ने व्यवस्था छ । उनीहरुलाई दिने सुविधाहरु अरु कम्पनीभन्दा पृथक रहेको छ । रिईन्स्योरेन्स कम्पनिहरुमा संसारको द बेस्ट रिईन्स्योरेन्स कम्पनी जर्मनीको म्युनिख री रहेको छ र त्यो कम्पनी हामीसंग मात्रै छ । धेरैले प्रयास गरे तर कोहीसंग आएन ।

नेपाल लाईफ र एशियन लाईफलाई राम्रो बनाउनुभयो महालक्ष्मीलाई त्यहि तरिकाले फ्लो हुन्छ ?

मेथोड त समय अनुसार फरक–फरक हुन्छ नि । हिजोको नेपाल लाईफ चलाउदा देशको परिवेश बेग्लै थियो । एशियन लाईफ चलाउँदाको बेग्लै थियो । आज परिवेश चेन्ज भइसकेको छ । अहिलेको बर्तमान परिवेश अनुसार जुन भने नि प्रोडक्टमा नविनता चाहिन्छ । हिजोका दिनमा कम्पनिहरुले कपी पेष्ट गरे । मैले पनि नेपाल लाईफ छोडिसकेपछि एशियन लाईफमा कपी पेष्ट गरेको हो । तर अव बुझ्दै गईसकेपछि हामी फरक तरिकाले आईरहेका छौँ । हामी टेक्नोलोजीमा जाँदै छौँ । यो महिनाभित्र तपाईलाई हामी बोलाउँछौ, र ब्रान्चलेस विमा नेपालमा पहिलो चोटी महालक्ष्मीले गर्ने विश्वास दिलाउँछु । हामीले परक्षण गरिसकेका छौँ । अव शाखाको सञ्जाल धेरै बनाउनु जरुरी छैन । अहिले हेर्नुहोस अरु कम्पनीले १ सय देखी डेढसयसम्म शाखा खोली सकेका छन । उनीहरुले खर्चलाई मेन्टेन गर्न सक्छन भोली ? हामी त्यताबाट धेरै चिन्तीत छौं । हामी एजेन्टलाई ट्रेनिङङ दिएर उनीहरुलाई ट्याब्लेड दिने र उनीहरुले बसि बसि काम गर्छन । त्यसका लागि शाखा चाहिदै चाहिदैन । त्यसैले हामी अरु कम्पनिभन्दा पृथक योजना लिएर आईरहेका छौँ जुन समय सान्दर्भिक छ । र भोली हामीलाई अगाडी बढ्न नम्वर १ बनाउनमा सहयोग पनि गर्छ । अव साखा खोल्नभन्दा ब्रान्चलेस इन्स्योरेन्समा जाँदैछौं ।

नेपाल लाईफ र एशियन लाईफबाट कर्मचारिहरु धेरै तान्नु भयो भन्ने आरोप छ नि ?

छैन । अव के हुन्छ भने हामी लास्टमा आउँदा ७५/८० प्रतिशत फ्रेस मान्छेलाई लिएर आयौ । १०० जना कर्मचारी फ्रेस लिएका छौं । अरुपनि सेक्टरमा नया लिएका छौं अव फ्युजन त गर्नै पर्यो नि । अनुभवी पनि नया पनि । दुईओटाको फ्युजन गर्दै १० प्रतिशत उताबाट आएका होलान । त्यहाँबाट दुइ चार जना स्टाफ ल्याउँदैमा केहि हुँदैन । तर नया कम्पनीलाई त अनुभवी मान्छे पनि चाहियो नि त । त्यसैले अलि अलि लिएको हौं । तर हामी नया जेनेरेशनलाई नै अगाडी बढाईरहेका छौँ ।

आईपीओ कहिले आउँछ ?

आईपीओ त धितोपत्र बोर्डले बनाई दिएको नियम अनुसार आउने हो । १२ महिनाको ब्यालेन्स सिट चाहिन्छ । बैंक र विमालाई प्रोफिटको ब्यालेन्स सिट भनेको भए हुन्थ्यो नि । १२ महिनाको ब्यालेन्स सिट भने पछि हिजोका दिनमा ९ वटा कम्पनि त आउन सकेका छैनन् । हामी त २०७६ असारमा साढे ७ महिना भएका थियौं । आईपीको लागि अव आउने अषाढमा नया ब्यालेन्ससिट आउँछ । त्यसपछि हामी आईपीयोमा जान्छौ । यसमा हामीलाई फाईदा पनि छ । डिमाण्ड र सप्लाई अनुसार ९ ओटा कम्पनीको एकैपटक आउँदा सेयर बजार पनि अलिकति त्यसमा नेगेटिभ जान सक्छ । हामी पछि हुन्छौं यसले हामीलाई फाइदानै गर्छ । हामी आउँदाखेरी एक्लै आउनुपर्ने भएकाले त्यसमा प्लस प्वाईन्ट दिन्छ ।

भारतमा नेपालको भन्दा धेरै ठुलो जनसंख्या भएको ठाउमा जम्मा २४ वटा विमा कम्पनि छन । भने नेपालमा त धेरै भएन ? चल्न सक्छन ?

एकदम सहि हो । धेरै हो नी । म पनि त धेरै भन्छु नि । तर के छ भने हिजोका दिनमा नेपालमा करिव ३ सय जति बैंक, विकास बैंक र फाईनान्सहरु आए । नेपाल राष्ट्र बैंकले दिएको तथ्याङ्क अनुसार अहिलेपनि अनुसार ६० प्रतिशत मात्रै नेपाली पहुँचमा छन । हामीले शुरुमा जनताको पहुँचमा पर्याउन यो १० ओटा बिमा कम्पनी ल्याउनु ठिक छ । तर अवको तीन बर्ष भित्र जव नया जीवन विमा कम्पनिहरुले आईपीओ निकालेर लाभाशं बाड्ने अवस्था आउँछ नि त्यो लाभाशं दिन सकेनन भने यी प्रमोटर लाई प्रेस गरे मर्जर गराँछन् र अवको ५ बर्षभित्र ५० प्रतिशत भन्दा बढि बिमा कम्पनीहरु रहदैनन । तर अहिलको समयमा पहुँच बढाउनको लागि त दिनुपर्यो नि त ।

महालक्ष्मीले पनि मर्जर बारे सोचेको छ ?

महालक्ष्मीको आफ्नो स्ट्रेन्थ बढाई सकेपछि राम्रो गुणस्तरीय व्यापार गरेर राम्रो गरेपछि अरु कम्पनीहरु मर्जरको लागी आईहाल्छन नि । महालक्ष्मी फाईनान्स मैले खोलेको, म सिईओ भएर तेत्रो बर्ष चलाए । हरेक बर्ष लाभाशं पाएपछि हामीले मालिका मर्ज गर्यो । शिद्धार्थ मर्ज गर्यो । महालक्ष्मी विकास बैंक बन्यो । त्यसपछि यति विकास बैंक मर्ज गर्यौं र नेपालकै नम्बर १ विकास बैंक बनाएका थियौं । त्यसैले महालक्ष्मी लाईफले भविष्यमा कम्तिमा २ ओटा कम्पनीलाई मर्जरको लागी लिन्छ नै ।


प्रतिक्रिया दिनुहोस्