बीमा समितिको कोरोनाविरुद्ध ५ करोड सहयोग « Arthapath.com
२० चैत्र २०७६, बिहीबार

बीमा समितिको कोरोनाविरुद्ध ५ करोड सहयोग



काठमाडौं । कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरिएको कोरोना उपचार कोषमा विभिन्न क्षेत्रबाट सहयोग आईरहेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसले लाखौ ब्यक्ति संक्रमीत र हजारौको न्यान लिईसकेको छ ।

नेपालमा हालसम्म ५ जना संक्रमीत रहेकोमा एकजना निको भएका छन भने अन्य चार जनालाई आईसोलेशनमा राखेर उपचार गरिरहेका छन ।

कोरोना उपचार कोषमा अर्थ मन्त्रालय अन्तर्गतका निकायबाटपनि सहयोग जारी रहेको छ । सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा बीमा समितिले ५ करोड रुपैयाँ सहयोग गरेको छ । समितिले यस अघि दुई करोड रुपैयाँ सहयोग गर्ने भनेपनि सहयोग रकम दोब्बरले बढाउँदै पाँच करोड र्पुयाएको हो ।


प्रतिक्रिया दिनुहोस्