अब कनेक्ट आईपीएस मार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने « Arthapath.com
३० चैत्र २०७६, आईतवार

अब कनेक्ट आईपीएस मार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न Digital Payment System बाट भुक्तानी सुविधा दिँदै आएकोमा अब Connect IPS मार्फत पनि Online भुक्तानी गर्न सकिने छ । Connect IPS मा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आफ्नो बीमा शुल्क भुक्तानी गर्न सकिने छ ।

कम्पनीको शाखा÷उपशाखा कार्यालयमा गई आफ्नो प्रिमियम भुक्तानी गर्दै आउनुभएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट Connect IPS मार्फत Online भुक्तानी गर्न सक्नुहुनेछ । जुनसुकै समयमा जहाँसुकैबाट Online भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले आफ्नो सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम Digital Wallet हरु e-Sewa तथा Prabhu Pay बाट Online भुक्तानी भइरहेको छ । त्यस्तै Fone Pay मार्फत आफ्नो बैंक खाता Connect गरी र Nepal Investment Bank को Internet Banking मार्फत Online भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ । नेपाल लाइफले अन्य Digital Payment System बाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तीमा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्