कोरोनाविरुद्ध लड्न प्राइम लाइफको सहयोग « Artha Path
१० बैशाख २०७७, बुधबार

कोरोनाविरुद्ध लड्न प्राइम लाइफको सहयोग



काठमाडौं । जीवन बिमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोनाविरुद्धको लडाइँमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार भट्टराईले जानकारी दिनुभयो ।

उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ । यसबाट कोरोनाविरुद्धको लडाइँमा थोरै भए पनि योगदान हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्