गुराँस लाइफको बीमा शुल्क इसेवादेखि भुक्तानीगर्न सकिने « Arthapath.com
१६ बैशाख २०७७, मंगलवार

गुराँस लाइफको बीमा शुल्क इसेवादेखि भुक्तानीगर्न सकिने



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स् लिमिटेडको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । यो सँगै गुराँस लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ ।

गुराँस लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो ‘ हामीले पछिल्ला दिनमा जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्ट सम्म पुग्न पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो सेवा सुरु गरेका हौँ । यस किसिमको सहकार्यले बमितहरूले घरमै बसेर सजिलै सँग प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ’ ।

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । देशभर ९० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोड भन्दा बढिले सेवा लिइरहेका छन् । इसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुलीतथाखानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

२०६४ सालमा पब्लीक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको गुराँस लाइफ इन्स्योरेन्स्ले विभिन्न जीवन बीमा योजना सञ्चालन गरिरहेको छ । कम्पनीले गुराँस सावधिक जीवन बीमा योजना, गुँरास अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना, गुँरास जीवनश्री (सावधिक र आजीवन) बीमा योजना, गुँरास बाल सुरक्षा जीवन बीमा योजना, गुराँस संजीवनी अग्रिम भुक्तानी जीवन बीमा योजना, गुराँस जीवन रक्षक (सीमित भुक्तानी सावधिक जीवन बीमा योजना) जस्ता बीमा योजना सञ्चालन गरिरहेको छ । कम्पनीले मुलुकभर ७६ वटा शाखा मार्फत सेवा दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्