नेपाल इन्स्योरेन्सद्वरा क्वारेन्टाइनलाई माक्स र स्यानिटाइजर वितरण « Arthapath.com
२५ जेष्ठ २०७७, आईतवार

नेपाल इन्स्योरेन्सद्वरा क्वारेन्टाइनलाई माक्स र स्यानिटाइजर वितरण



काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले नुवाकोटको तारकेश्वर गाउँपालिकामा क्वारेन्टाइनमा रहेका नागरिकलाई माक्स, स्यानिटाइजर र ग्लोप्स वितरण गरेको छ ।

स्थानिय संचारकर्मी विष्णु तारुकेको आग्रहमा इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्र्तगत सर्जिकल माक्स ४ सय थान, स्यानिटाइजर ५ लिटर र ग्लोप्स वितरण गरेको हो । आइतबार तारकेश्वर गाउँपालिका वाड नं. २, ३ र ४ मा विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई स्वास्इा सामाग्री वितरण गरिएको हो ।

हाल तारकेश्वर गाउँपालिकामा २ सय ४१ जना क्वारेन्टाइनमा रहेको गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले बताए । आइबतबार तारकेश्वर गाउँपालिका २ स्थित पिमलटार मावि, ३ स्थीत पिपलडाँडा मावि र ४ स्थीत सरस्वती मावीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको संचारकर्मि विष्णु तारुकेले बताए ।


प्रतिक्रिया दिनुहोस्