अजोड इन्स्योरेन्सको सेयर यसै सातादेखी कारोवार हुने, नेप्सेमा लिष्टिङ हुँदै « Arthapath.com
११ श्रावण २०७७, आईतवार

अजोड इन्स्योरेन्सको सेयर यसै सातादेखी कारोवार हुने, नेप्सेमा लिष्टिङ हुँदै



काठमाडौं । अजोड इन्स्योरेन्सको प्रथामिक सेयर यसै साताभित्रै कारोवार हुने भएको छ । अजोड इन्स्योरेन्स लिमिटेडको हालै जारी भएको आइपिओ नेप्सेमा सुचिकरणको प्रक्रिया सुरु भैसकेकाले यसैसाता विहिबारभित्र कारोवार हुने सिईओ कुमार बहादुर खत्रीले जनकारी दिए ।

पछिल्लो समय खुलेको निर्जीवन बीमा कम्पनी अजोडले गत असार २५ देखी २९ गतेसम्म आइपिओ जारी गरेको थियो । सो आइपिओको कारोवार भएको छैन । नेप्सेमा कम्पनी र नेप्सेविच कारोवार गर्न लिष्टीङ एग्रीमेन्टमा हस्ताक्षर गरेपछि कारोवार सुरु हुनेछ ।

निक्कै धेरै आवेदन परेको सो कम्पनीको सेयर कतिमा कारोवार हुन्छ भन्ने अपेक्षा लगानीकर्ताहरुको चासोको विषय बनेको छ । कम्पनीका सिईओ कुमार बहादुर खत्रिका अनुसार कम्पनीको सेयर अधिकतम ३ सयसम्मका कारोवार हुने बताए ।

आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार वा मंगलबारसम्म सूचीकरण गर्न एग्रिमेन्ट भएपछि कारोवार हुने खत्रीले बताए । अजोडको सेयर यही साता बुधबार वा विहिबारसम्ममा कारोवार सुरु हुने कम्पनीको दावी छ ।

सिईओ खत्रिसँगको विश्रीत अन्र्तवार्ता सोमबार प्रकाशित हुनेछ ।


प्रतिक्रिया दिनुहोस्