सानिमा लाइफ इन्स्योरेन्सको नाफा ८ करोड ५३ लाख
कठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ८२ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा हेर्ने हो भने करिब शत प्रतिशत अर्थात ९८।४३ प्रतिशतले बढेको हो ।
अघिल्लो बर्ष कम्पनीले ४१ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क कमाएको थियो ।
बीमाशुल्क घटेसंगै कन्पनीको खुद नाफा घटेको छ ।
यस अवधीमा इन्स्योरेन्सले बीमांकीय मूल्यांकन अघि ८ करोड ५३ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
कम्पनीले अहिलेसम्म एक अर्ब ३६ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।