संकटमा कोरोना बीमा : ८ करोड ७५ लाख दावी पेण्डिङ, १ करोड ७३ लाखमात्रै भुक्तानी (कुन कम्पनीको कति दावी पर्यो विवरणसहित) « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

संकटमा कोरोना बीमा : ८ करोड ७५ लाख दावी पेण्डिङ, १ करोड ७३ लाखमात्रै भुक्तानी (कुन कम्पनीको कति दावी पर्यो विवरणसहित)



काठमाडौं । कही नभएको कोरोना बीमाले नेपालमा निर्जिवन बीमा कम्पनीहरु धरापमा पर्ने निश्चित छ । संसारमा महामारीको कहीँ पनि बीमा हुँदैन । नेपालमा भने नियामक निकाय बीमा समितिले कोरोना बीमाको पोलिसी ल्याएर बेच्न सबै बिमा कम्पनीहरुलाई निर्देशन दियो ।

सुरुमा त कोरोनाको दावी नपरुन्जेल बिमाको प्रिमियम कलेक्सन गर्न त सबैलाई सजिलै भएको थियो । जव कोरोनाको संक्रमितको संख्या बढ्दै गयो त्यसैगरी दावीपनि बढ्न थाल्यो । सरकारलेनै कोरोना बिमाको आधा रकम व्यहोर्नेगरी बजेटमै व्यवस्था भयो । गत साउन १ देखी कोरोना बीमाको ५० प्रतिसत रकम सरकारलेनै व्होर्नेेगरी व्यवस्था भएको छ ।

नेपालमा ४० हजार कोरोनाको संक्रमित हुँदा ११ सय ८ जनाले कोरोना बीमाको दावी गरेका छन, अथार्त कोरोना बीमा गरेका ११ सय ८ जनालाई संक्रमण भैसकेको छ । बीमा कम्पनीहरुले ५० हजार र १ लाखको कोरोना बीमा गराउँदै आएका छन । गत २०७५ साल चैत्रको १७ गते बीमा समितिले कोरोना बीमाको पोलिसी जारी गरेको थियो ।

कुन कम्पनीको कति दावी पर्यो विवरणसहित

कोरोना बिमा गर्नेको संख्या बढ्दो छ । अगस्टको अन्तिम दिन अर्थात १५ भदौसम्ममा नेपालमा ९ लाख ९४ हजार ३ सय ४३ जनाले कोरोना बिमा गरिसकेका छन । हालसम्म विभिन्न निर्जीवन बिमा कम्पनीले १ करोड ७३ लाख दावी भुक्तानी भैसकेको छ । ८ करोड ७५ लाख दावी परेर पेण्डिङमा रहेको छ ।

हालसम्म कोरोना बीमाबाट ५० करोड ३७ लाख प्रिमियम कलेक्सन भैसकेको छ । हालसम्म ५० हजार रुपैयाँको बीमा पोलिसि किन्ने २० जनाले दावी पाइसकेका छन । त्यस्तै १ लाखको बीमा गर्ने १ सय ६३ जनाले कोरोना बीमाको दावी पाइसकेका छन । नेपालमा कोरोना बीमा सुरु भएको भोली भदौ १७ गते ६ महिना पुग्दै छ । कोरोना भाइरस समुदाय लेवलमा फैलदो क्रममा रहेको छ भने यसबाट मृत्यूदर पनि बढ्दो क्रममा छ । कोरोनाको संक्रमितको संख्या बढ्दै जाँदा बीमा कम्पनीहरु टाट पल्टिने अवस्था आउन सक्छ । यही किसिमले दावी पर्दै जाने हो भने बीमा कम्पनीहरुले धान्नै नसक्ने अवस्था आउने एक इन्स्योरेन्स कम्पनीका सीईओले बताए ।


प्रतिक्रिया दिनुहोस्