जनरल इन्स्योरेन्सको ३० करोडको आईपिओ आउँदै, १५ दिनभित्र निष्काशन गर्छौ : तमोट « Arthapath.com
२५ भाद्र २०७७, बिहीबार

जनरल इन्स्योरेन्सको ३० करोडको आईपिओ आउँदै, १५ दिनभित्र निष्काशन गर्छौ : तमोट



काठमाडौं । नयाँ खुलेको निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्स कम्पनीले आईपिओ जारी गर्ने अनुमती पाएको छ । जनरल इन्स्योरेन्स कम्पनीले ३० लाख कित्ता आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमती पाएको छ ।

कम्पनीले चुक्ता पुँजीको ३० प्रतिसत सेयर सर्वसाधारणको लागी जारी गर्न लागेको जनरल इन्स्योरेन्सका महाप्रवन्धक एसके तमोटले बताए । ७० प्रतिशत सस्थापक सेयर रहेको कम्पनीले आइपीओ निष्कासनका लागि गत असार ५ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

जनरल इन्स्यारेन्सको चुक्ता पुँजी हाल ७० करोड रहेको छ । ३० करोडको आईपीओ प्रश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्नेछ । आगामी १५ दिनभित्र आइपिओ निश्काशन भइसक्ने कम्पनीका महाप्रवन्धक तमोटले बताए । धितोपत्र बोर्डबाट अनुमती आयो अव कम्पनी रजिष्टार जान्छौं सकेसम्म १५ दिनमै आइपिओ जारी गर्ने तयारीमा छौं तमोटले भने । कम्पनीको आइपीओको निक्ष्कासन तथा एनआइबिएल एस क्यापिटल छ ।


प्रतिक्रिया दिनुहोस्