नेपाल इन्स्योरेन्सले ११ प्रतिसत बढायो नाफा, बीमा शुल्क ३३ करोड ७ लाख आर्जन

काठमाडौं । नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा ५ करोड ४५ लाख नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा ४ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको थियो । नेपाल इन्स्योरेन्सले गत बर्षको यस अवधिको तुलनामा नाफा ११ प्रतिशतले बढाएको छ । नेपाल इन्स्योरेन्सले बिमा शुल्क पनि बढाएको छ । कम्पनीले खुद बीमा शुल्क १९ करोड ५ लाख संकलन गर्न सफल भएको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ८५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनमा खुद बीमा शुल्कमा २०.१५ प्रतिसत बढाएको छ ।
१ अर्व १५ करोड चुक्ता पुँजी रहेको नेपाल इन्स्योरेन्सको जगेडा कोषमा ३८ करोड ९२ लाख रुपैयाँ संचिती राख्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३९ करोड ५७ लाख रुपैयाँ संचिती रहेको थियो । कोरोनाको कारण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष घटेको छ ।
यसै आवको पहिलो त्रैमासमा ३ करोड ५७ लाख २८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७८ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको बीमा कोषमा ४५ करोड ५८ लाख राख्न सफल भएको छ ।
नेपाल इन्स्योरेन्सको प्रति सेयर आम्दानी १९ रुपैयाँ ९१ पैसा रहेको छ । प्रति सेयर नेटवर्थ १ सय ७३ रुपैयाँ ४७ पैसा रहेको छ । समिक्षा अवधिमा कम्पनीले ३३ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।