१२ हजार कोरोना संक्रमितले पाए दावी भुक्तानी, ५० जनाको नक्कली दावी

काठमाडौं । कोरोना भाइरस कोभिड १९ संक्रमित भई ४६ हजार १ सय १२ जनाले पेश गरेको कोरोना विमाको १२ हजार १ सय ९६ जनाले दावी भुक्तानी पाएका छन । बीमा समितिका अनुसार हालसम्म १२ हजार १ सय ९६ जनाले दावी रकम हातपरेको जनाएको छ ।
बीमा समितिका अनुसार पुस १ गतेसम्मको तथ्याङ्क अनुसार ३५ हजार २ सय ४९ जनाको फाइल सदर भएको छ । कूल २३ हजार ५६ जनाको फाईल प्रमाणिकरण भई दावी भुक्तानीको चरणमा रहेको छ । यसैगरी हालसम्म बीमा समितिले १९ करोड सात लाख रुपैयाँ दावी भुक्तानी गरेकोे छ । दुई हजार १ सय ११ जनाको दावी प्रक्रियामा रहेको, दुई हजार ५ सय ५४ जनाको बीमा दावी स्वास्थ्य सेवा विभागमा प्रमाणिकरणको क्रममा रहेको समितिले जनाएको छ ।
त्यसैगरी ५० जनाको कोरोना बीमा दावी नक्कली रहेकाले भुक्तानी नहुने विमा समितिले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ भने १ हजार ५ सय ७१ जनाको कागजान नपुगेर फाइल फिर्ता भएको छ । एक हजार ११ जनाको फाईल स्वास्थ्य सेवा विभागमा पठाउन तयारी अवस्थामा रहेको छ ।
