कोरोना बीमाको दावीमा रफ्तार, १४ हजारले पाए १ अर्व ३८ करोडको दावी भुक्तानी

काठमाडौं । कोरोना बीमाको दावी फर्च्यौट धमाधम सुरु भएको छ । अहिले कोरोना बीमाको दावी बढेसंगै दावी भुक्तानी पनि बढिरहेको छ । कोरोना बीमा गरेका १४ हजार व्यक्तिले हालसम्म दावी भुत्तानी पाइसकेका छन ।
बीमा समितिको अनुसार सोमबारसम्म १४ हजार १८४ जनाले दावी पाइसकेको जनाएको छ । कोरोनाको दावी भुक्तानी नपाएको भनेर देशव्यापी चर्चा भैरहेको बेला अर्थमन्त्री विष्णु पौडेलले समेत दावी भुक्तानीलाई रफ्तारमा अघि बढाउन निर्देशन दिएका थिए ।
हालसम्म १ अर्ब ३८ करोड ४८ लाख ७५ हजार रुपैयाँ भुक्तानी दावी भुक्तानी भैसकेको बीमा समितिका कार्यकारी कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । अहिले कोरोना बीमाको २ हजार ५ सय २१ जना भुक्तानी प्रक्रियामा रहेको पौडेलले बताए ।
सरकारी अस्पतालबाट पिसिआर टेष्ट गरेकाहरुको नक्कली हो वा सक्कली हो भन्ने छानविन गर्न स्वास्थ्य मन्त्रालय अन्र्तगत छानविनको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा ३ हजार १११ जनाको फाइल गएको छ । छानविनबाट सक्कली प्रमाणित भए ३ हजार १११ को पछि छिट्टै अगाडी बढ्ने बताइएको छ ।
अहिले १ हजार ५५० जनाको फाइल पनि इपिमिडीयोलोजीमा जाने तयारी भएको बीमक संघले जनाएको छ । हालसम्म १ हजार ८९२ जनाले कागजात पुरा नगरी फाइल प्रश्तुत भएको बीमक संघले जनाएको छ ।