बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने, १५ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आग्रह « Arthapath.com
१३ पुष २०७७, सोमबार

बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने, १५ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आग्रह



काठमाडौं । बीमा समितिले मुद्धती निक्षेपमा लगानी गर्ने वाणिज्य बैंक तथा विकास बैंक र बित्तीय संस्थालाई शिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरेको छ । समितिले इच्छुक वाणिज्य बैंक तथा विकास बैंकले अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा, नोक्सान उल्लेख गरेर शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

त्यस्तै, बैंकको निष्कृय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोष लगाएका जानकारी सपष्ट रुपमा खुलाएर आवेदन दिन समितिले भनेकोछ ।

इच्छुक बैंकहरुले आफुले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी १५ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्