यूनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, बीमा शुल्क आम्दानी रु.४८ करोड ८० लाख « Arthapath.com
७ माघ २०७७, बुधबार

यूनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, बीमा शुल्क आम्दानी रु.४८ करोड ८० लाख



काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २६ औं वार्षिक साधारण सभा माघ ७ गते वेवनारमार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएको छ ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखा परीक्षण प्रतिवेदन सहितको लेखा परीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरिएको छ । आर्थिक वर्ष २०७६।०७७ का लागी बाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट््लाई नियुक्त गरिएको छ ।

कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित गरेको छ ।

कम्पनीको आ.व.२०७७।०७८ को वित्तीय विवरणमा कुल बीमाशुल्क आम्दानी रु.४८ करोड ८० लाख ३३ हजार ४४५ रहेको छ । खुद बीमाशुल्क आम्दानी रु.२३ करोड ७ लाख ५२ हजार ४२६ रहेकोमा खुद नाफा रु २ करोड २२ लाख १२ हजार १०२ रहेको छ । यस कम्पनीको लगानी गत आ.व.को तुलनामा ३.९३ प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा रु.६९ करोड ८४ लाख ४२ हजार १३१ पुगेको छ । आ.व. २०७५।०७६ मा कम्पनीको कुल कारोवार गत आ. व. २०७४।०७५ को तुलनामा २.२५ प्रतिशतले वृद्धि भई रु.४८ करोड ८० लाख ३३ हजार ४४५ बीमाशुल्क आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्