बीमा बजारमा एग्रेसिभ बन्यो सूर्या लाइफ, ल्यायो ‘सूर्या चौरासी पुजा’ नामक नयाँ प्रोडक्ट, के–के छन विषेसता ? « Arthapath.com
९ फाल्गुन २०७७, आईतवार

बीमा बजारमा एग्रेसिभ बन्यो सूर्या लाइफ, ल्यायो ‘सूर्या चौरासी पुजा’ नामक नयाँ प्रोडक्ट, के–के छन विषेसता ?



काठमाडौं । बीमा बजारमा अहिले प्रतिस्प्रर्धा निक्कै बढेको छ । जीवन बीमा व्यावसायमा झनै प्रतिस्प्रर्धा बढिरहेको छ । यसै सन्र्दभमा सूर्या लाइफ इन्स्योरेन्सले ‘सूर्या चौरासी पुजा’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ ।

चौरासी वर्षपुग्दासम्म बीमितको रक्षावरण हुने बीमा पोलिसि दिर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ कम्पनीले सोे योजना बजारमा ल्याएको हो ।

उक्त बीमा योजनाको शुभारम्भ फागुन ७ गते शुक्रबार शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका छन् । बीमा योजनामा बीमीतको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्ने छ भने ‘सूर्या चौरासी पुजा’ बीमा योजनाले बीमाङ्कको २५० प्रतिशत सम्म बीमा कभर पर्दान गर्ने कम्पनीले जनाएको छ ।

यस्तै, बीमितले बीमाशुल्क भुक्तानी अवधि पश्चात एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै सो पश्चात निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको ६ प्रतिशतका दरले वार्षिक पेन्सन समेत प्राप्त हुनेछ । अन्नततः बीमितको उमेर ८३ वर्ष पुरा भइ ८४ वर्षमा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको १५० प्रतिशत रकम बिमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ । सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथ मनाउन सक्नेछन् ।

कम्पनीका अनुसार ‘सूर्या चौरासी पुजा ’ बीमा योजना १६ वर्ष देखी ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखी ५० वर्षसम्म बीमाशुल्क भुक्तानी अवधीका लागि खरीद गर्न सक्नेछन् । न्युनतम १ लाख रुपैया बीमाङ्कक तोकिएको सो बीमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको छ, भने बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधीभर बीमा सर्मपण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ ।

यस्तै, कार्यक्रममा सूर्या लाइफ इन्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृति कम्पनीका पवन कुमार खड्काले यस्तो प्रोडक्टले कम्पनीको विश्वसनियता अझै बढ्ने दावी गरे । उनले कम्पनीले विगतका कार्यलाई आत्मासाथ गर्दै अगाडि बढ्ने दृढता पनि उनले व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्