अजोड इन्स्योरेन्सको कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न « Arthapath.com
२२ चैत्र २०७७, आईतवार

अजोड इन्स्योरेन्सको कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडद्धारा चैत्र २० गतेदेखि चैत्र २२ गतेसम्म इलाम बजार स्थित कम्पनीको शाखा कार्यालय इलाममा ३ (तिन) दिन कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।

उक्त तालिम कार्यक्रममा कृषि तथा पशुपक्षी विभागका विभागीय प्रमुख दिपक पोखरेल र का.मु. प्रवन्धक प्रेम राज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षण गरेका थिए । सहभागी प्रशिक्षार्थीहरुलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेतले प्रमाण पत्र वितरण गरेका थिए । तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्