आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न सानिमा लाइफले बोलायो साधारण सभा

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले जेठ २३ गते आइतबार कम्पनीको केन्द्रिय कार्यलय कमलादी, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । कम्पनीको बैशाख ३१ गते बसेको ४३ औं सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको हो ।
साधारण सभामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर आईपीयो ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर जारी गर्नेछ ।
साधारणभाले आर्थिक वर्ष २०७५–०७६ को वार्षिक प्रतिवेदन उपर छलफल गर्नुका साथै पारित गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, सभामा लेखापरिक्षक नियुक्ती गर्ने र सञ्चालक समिति सदस्यहरु बैठक भत्ता तथा अन्य सुविधाहरु पुनरावलोकन गर्ने प्रस्ताव रहेको छ ।
