महालक्ष्मी लाइफले निषेधाज्ञा अवधीको बीमा शुल्क भुक्तानी थप गर्यो « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

महालक्ष्मी लाइफले निषेधाज्ञा अवधीको बीमा शुल्क भुक्तानी थप गर्यो



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरुले बीमा शुल्क किस्ता तिर्ने समय थप गरेको छ ।

कोरोनाको कारण बीमा शुल्क समयमा तिर्न सकेका छैनन । कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको अभाव तथा विभिन्न कारणले तिर्न नसके बीमितलाई विलम्ब शुल्कमा छुट गरेको हो ।

आम बीमितहरुको यहि समस्यालाई विचार गरी राहत स्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरिएको छ । २०७८ आषाढ मसान्त भित्र बीमा शुल्क किस्ता तिर्ने बीमितलाई निम्न बमोजिम बिलम्व शुल्क छुट दिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्