रिलायबल लाइफले व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट दिने « Arthapath.com
४ असार २०७८, शुक्रबार

रिलायबल लाइफले व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट दिने



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सले बीमालेखको नविकरणमा शतप्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्व शुल्कमा व्याज छुट दिने भएको हो ।

“कोरोना महामारीको असहज परिस्थितिलाई ध्यानमा राखी २०७८ असार ३१ गतेसम्म ब्याजमा छुट दिने” कम्पनीले जनाएको छ । साथै, कम्पनीको बीमा शुल्क भुक्तानी इसेवा, आइएमई-पे, फोन-पे र कनेक्ट आइपीएस मार्फत गर्न सकिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्