खल्तीबाट नेपाल लाइफको प्रिमियम तिर्दा १५ सय रुपैयाँ क्यासब्याक !
काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले १ हजार ५ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाउने भएका छन् ।
यो योजना भदौ ७ गतेदेखि शुरु भई सिमित अवधिको लागि संचालन हुनेछ । उक्त अफरमा सहभागी हुन नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ ।
खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरीसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् ।
नेपाली बजारमा गरीने हरेक भुक्तानी प्रक्रिया डिजिटाइज गरि ग्राहकवर्गहरुको समय र पैसा बचत गर्ने हेतुले यस अफर कार्यान्वयनमा ल्याएको जानकारी खल्ती डिजिटल वालेटका प्रवन्धक, श्री पवल खरेलले गराउनुभयो ।
- खल्ती एप डाउनलोड गरी साइन अप गर्ने
- खल्ती एप लगइन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने
- “नेपाल लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने
- अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने
- अन्त्यमा “पेमेन्ट” अप्सन छानी भुक्तानी गर्ने
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क खल्ती बाट तिर्न बिमितले निम्न सरल तरिकाहरु अपनाउनु पर्नेछ:
खल्ती डिजिटल वालेट
१९ लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ । ’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।