रिलायबल लाइफ ५ औं वर्षमा प्रवेश, बीमालेख संख्या झण्डै ३७ लाख पुग्यो, बीमा कोष २.८५ अर्ब रुपैयाँ « Arthapath.com
१६ भाद्र २०७८, बुधबार

रिलायबल लाइफ ५ औं वर्षमा प्रवेश, बीमालेख संख्या झण्डै ३७ लाख पुग्यो, बीमा कोष २.८५ अर्ब रुपैयाँ



काठमाडौं । रिलायबल नेपाल लाइफ ५ औं वर्षमा प्रवेश गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योन्स कम्पनी ४ वर्ष पुरा गरी ५ औं वर्षमा प्रवेश गरेको हो । कम्पनीले २०७४ भदौ १५ गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको कम्पनी ५ औँ बर्षमा प्रवेश गरेको हो । ५ औं वर्षमा प्रवेश गरेको अवसरमा केक काटेर वार्षिक उत्सव भव्यताका साथ मनाएको रिलायबल नेपाल लाइफले जनाएको छ ।

यस अवधिमा कम्पनीका १५ हजार भन्दा धेरैलाई अभिकर्ता र स्थापना कालको छोटो अवधिमै पुराना जीवन बीमा कम्पनीलाई टक्कर दिदै सर्वाधिक जीवन बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६४ मंसिर १८ गते नै पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई झण्डै १० वर्ष पछि अर्थात २०७४ साउन १८ गते बीमा समितिबाट जीवन बीमा सम्बन्धी कारोबार गर्ने इजाजतपत्र ‘लाइसेन्स’ प्राप्त गरेको थियो ।

चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीले प्रत्यक्ष अप्रत्यक्ष कम्पनीलाई सहयोग गर्ने व्यक्ति तथा संस्था, बीमित, अभिकर्ता, नियामक निकाय बीमा समिति, शेयरधनी, अभिकर्ता, कर्मचारी लगायतलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

कम्पनीले प्रिमियमा आईपीओ निष्कासन गर्ने तयारी गरिरहेका छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५.३९ प्रतिशत बढेर २२ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा २१ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको थियो । गत असार मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ८८ प्रतिशत बढेर २ अर्ब ९५ करोड गरेको छ ।

असार मसान्तसम्म कम्पनीको कुल बीमा शुल्क आर्जन ८८.०३ प्रतिशत बढेर ३ अर्ब १ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल कायम बीमालेख संख्या १०६.१० प्रतिशत बढेर ३६ लाख ९६ हजार रहेको छ । कम्पनीको चुक्ता पूँजी स्थिर रहेर १ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोष ३१ प्रतिशत बढेर ८४ करोड ३५ लाख रुपैयाँ, जीवन बीमा कोष १२०.८९ प्रतिशत बढेर २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको दिर्घकालिन कर्जा ११६.६५ प्रतिशत बढेर ३ अर्ब ९३ करोड रुपैयाँ गरेको छ । बीमालेख धितो कर्जा ४५६.५८ प्रतिशत बढेर ६ करोड २८ लाख रुपैयाँ दिएको छ ।

कम्पनीले गत असार मसान्तसम्म खुद दाबी भुक्तानी १२३.६३ प्रतिशत बढेर ६७ करोड ९८ लाख रुपैयाँ गरेको छ । अभिकर्ता कमिसन पनि ६९.७८ प्रतिशत बढेर ४२ करोड ७६ लाख रुपैयाँ छ । कम्पनीको ८३ पैसा बढेर प्रतिशेयर आम्दानी १६ रुपैयाँ १४ पैसा रहेको छ । कम्पनीको नेटवर्थ १६५ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्