नेपाली पुर्नबीमा कम्पनीमा मात्रै पुर्नबीमा गराउने निर्णय विरुद्ध बीमा कम्पनी, ज्ञापनपत्र बुझाउन अध्यक्षले समयनै दिएनन् « Arthapath.com
१७ मंसिर २०७८, शुक्रबार

नेपाली पुर्नबीमा कम्पनीमा मात्रै पुर्नबीमा गराउने निर्णय विरुद्ध बीमा कम्पनी, ज्ञापनपत्र बुझाउन अध्यक्षले समयनै दिएनन्



काठमाडौं । एक साताअघि बीमा समितिले नेपाली पुर्नबीमा कम्पनीहरुसंग मात्रै पुर्नबीमा गराउनुपर्ने निर्णयविरुद्ध बीमा कम्पनीहरु एकजुट भएका छन् । बीमा समितिले मंसिर ९ गते साँझ एक सर्कुलर जारी गर्दै नेपालमा रहेका पुर्नबीमा कम्पनीहरुसंग मात्रै पुर्नबीमा गर्न निर्देशन दियो । सो निर्णयको विरुद्ध नेपाल बीमक संघ, जिवन बीमक संघ र बीमा कम्पनीका अध्यक्षहरुको संस्था (ज्यान)ले बीमा समितिले गरेको निर्णयको विरोध गर्दै आएका छन् ।

तिनओटै संघले संयुक्त रुपमा बीमा समितिका सो निर्णय कार्यन्वयन नगर्न अध्यक्षलाई ज्ञापनपत्र दिने कार्यक्रम थियो । तर बीमा समितिका अध्यक्ष सुर्यप्रसाद शिलवाल बुधबार बेलुकी काठमाडौं आइपुगेपनि शुक्रबारसम्म ज्ञापन पत्र बुझ्न समय दिएनन् । बीमक संघका एक पदाधिकारीले भने ‘हामीले ज्ञापनपत्र बुझाउन र बीमा समितिले गरेको निर्णय सच्याउन समय माग्यौं तर अध्यक्ष शिलवालले शुन्दै शुनेन् ।’

बुधबार सांझ काठमाडौं आएका अध्यक्ष शिलवालले बिहीवार सबै कर्मचारी जम्मा पारेर बीमा समितिका कर्मचारीले सूचना चुहाएको भन्दै थर्काए । उनले बिहीबार बिहानै सबै कर्मचारीलाई कुनैपनि संचार माध्यामलाई सूचना नदिन उर्दि नै दिएका छन् । बीमा समितिले हालै लाइसेन्स पाएको हिमालयन रि–इन्स्योरेन्सलाई व्यापार बढाइदिन स्वदेशी कम्पनीलाई पुर्नबीमा गराउनैपर्ने व्यवस्था गरेको आरोप बीमा कम्पनीहरुको छ ।

बीमा समितिले नेपालमा हुने बीमा को पुर्नबमिा नेपाली कम्पनीहरुलाईनै गराउनुपर्ने र नेपाली कम्पनीले गर्न नसक्ने भएमा ती पुर्नबीमा कम्पनीको स्वीकृत लिएर मात्रै विदेशी कम्पनीसंग गराउन पाउने निर्देशन गरेको छ । यसलाई निजी बीमा कम्पनीहरुले बीमा समिति ठुलो आर्थिक लाभमा फसेको भन्दै विरोध जनाएका छन् । नेपालमा भएका पुर्नबीमा कम्पनीलाई बीमा समितिले भनेझै पुर्नबीमा गराउने हो भने बीमाको क्लेम पर्दा दायित्व भुक्तानी दिन नसक्ने एक सीईओको जिकिर छ । जसले गर्दा बीमा प्रति जनविश्वास घटेर जान्छ ।

कोरोना बीमाको पुर्नबीमा नहुँदा बीमा गरेर पनि क्लेम नपाइने भन्दै जनतामा बीमा प्रति नकारात्कम बढेको एक सीईओले बताए । भुकम्पको बेलामा भएका क्षतीको विदेशी कम्पनीमा भएको पुर्नबीमाको कारणले मात्रै क्लेम तिर्न सकिएको भन्दै एक ननलाइफ इन्स्योरेन्सको सीईओले प्रश्न गरे ‘ठुला दैविक प्रकोप प¥यो भने नेपालका यी कम्पनीले दावि तिर्न सक्छन ?’ 

अर्को बीमा कम्पनीहरुले यो वर्षको लागी जोखिम व्यवस्थापको लागी विदेशी पुर्नबीमा कम्पनीसंग एग्रिमेन्ट भैसकेकाले पनि बीमा कम्पनीहरु तनावमा छन् । ‘स्वदेशी कम्पनी आफै सक्षम भए किन विदेशी कम्पनी गुहार्नुपर्ने भन्ने हाम्रो मान्याता हो एक सीईओले भने ।’  


प्रतिक्रिया दिनुहोस्