प्राइम लाइफको १४ औँ साधारण सभा सम्पन्न, १५.८७ प्रतिशत लाभांश पारित « Arthapath.com
२२ मंसिर २०७८, बुधबार

प्राइम लाइफको १४ औँ साधारण सभा सम्पन्न, १५.८७ प्रतिशत लाभांश पारित



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १४ औँ वार्षिक साधारण सभा मंसिर १९ गते सम्पन्न भएको हो । कोरोना महामारीको जोखिमका कारण कम्पनीको सभामा भर्चुअल मार्फत सहभागी हुने व्यवस्था मिलाएको थियो ।

कम्पनीको सभाले आर्थिक बर्ष २०७६–७७ को वित्तीय विवरणहरु पारित गरेको छ । त्यस्तै, सभाले आर्थिक बर्ष २०७६–७७ सम्मको मूनाफाबाट हाल कायम चूक्ता पुंजी रु. २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँको १५ प्रतिशत बोनश शेयर र सो बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८७ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७६ रुपैयाँ पुग्नेछ । कम्पनीको सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकहरु नियूक्त गरेको छ ।

यस कम्पनीले देशभरमा १५० भन्दा बढी शाखाहरुबाट जीवन बीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन वीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी बर्षहरुमा शेयरधनीहरुलाई उचित प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागी रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्