सूर्या लाइफको साधारण सभा आह्वान, पौष ८ गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २३ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा पौष १९ गते, सोमबार, होटल हैरिसन प्यालेस, विराटनगरमा बोलाएको हो ।
वार्षिक सभामा कम्पनीको गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पौष ९ गतेदेखि पौष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ८ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
